वातावरण

काठमाडौँको वायु प्रदूषण कहिले हट्छ  ?

काठमाडौँको वायु प्रदूषण कहिले हट्छ ?

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, चैत काठमाडौँ । पछिल्लौ केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।...
तीनकुने घटनामा थप ७ जना पक्राउतीनकुने घटनामा थप ७ जना पक्राउ

तीनकुने घटनामा थप ७ जना पक्राउतीनकुने घटनामा थप ७ जना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, चैत काठमाडौं । काठमाडौँको तीनकुनेमा गत शुक्रबार (चैत १५) भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन्। राज्य विरुद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार राज्य विरुद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर पक्राउ परेका हुन् । अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समीर मगर, रामेछाप सुनापाति गाउँपालिका-१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका-३ का २३ वर्षीय सुशील बराल पक्राउ परेका छन् । सोही कसूरमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका९२ घर भई हाल काठमाडौं कागेश...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर १३७ रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७२ पैसा, सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनि...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१, चैत काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२०, चैत सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशंकर गाउँपालिका(९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका(४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७:३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात् चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लरेका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
२०, चैत काठमाडौं । विश्व अटिजम’ जागरूकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले बताए । यो दिवसका अवसरमा जारी गरेको मन्तव्यमा उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा उनले जोड दिएका छन् ।...
चैते दसैंले बागलुङ कालिका मन्दिरमा बढे पर्यटक

चैते दसैंले बागलुङ कालिका मन्दिरमा बढे पर्यटक

ताजा अपडेट, वातावरण, समाचार
२०, चैत बागलुङ । चैते दसैं सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैंसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘चैते दसैंको तेस्रो दिनसम्म दैनिक हजारौंको सङ्ख्यामा भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ’, खड्काले भने, ‘यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ...
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

ताजा अपडेट, वातावरण, समाचार
१९, चैत काभ्रेपलाञ्चोक। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । भ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ । कार्यालयले दीर्घकालीन पक्की सडक निर्...
डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१९, चैत काठमाडों । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन स्थायी ठेगाना भएका २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा एक्कासि आगोको ज्वालाले भेटेको र ल्वागुनको जलेर मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। प्रनाउ रावलका अनुसार रावलका अनुसार डढेलो निभाउने क्रममै निघुरादिनका ७५ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको छ । आगोको लप्काले भेटेपछि भाग्ने क्रममा लडेर तामाङको मृत्यु भएको जिल्ला प्...