वातावरण

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१७, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन दिनको तुलनामा आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।...
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७, चैत काठमाडौं । काठमाडौँको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३-०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएको गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गाडी चालक भीमेश्वर-४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।...
आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस

आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, चैत काठमाडौं । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २।३ अर्ब टन ठोस फोहर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयास स्वरूप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्लाष्टिक प्रदूषण एवं अन्य फोहरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ- आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहर नाराका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघक...
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै

नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, चैत गोरखा । नेपाली सेनाले दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर समापन हुने गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुनेछन् । सहभागीहरूले आ आफ्नो पल्टनको झण्डासहित यात्रामा निस्कने उनले जानकारी दिए । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढीमा पुगेर विजय उत...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
१७, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ प...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।...
म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

ताजा अपडेट, वातावरण, समाचार
१६, चैत काठमाडौं । म्यानमारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७ सय ३२ जना घाइते भएको जनाएको छ। म्यानमारको माण्डले केन्द्रबिन्दु भएर शुक्रबार ७:७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६:४ म्याग्निच्युडको परकम्प गएको थियो । साना-साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । भूकम्पबाट कैयौँ संरचना ध्वस्त बनेका छन् । भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ ।...
एसइई दिने विद्यार्थीलाई काठमाडौँ महानगरबाट यातायात सुविधा

एसइई दिने विद्यार्थीलाई काठमाडौँ महानगरबाट यातायात सुविधा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, चैत काठमाडौं । काठमाडौँ महानगरपालिका भित्र केन्द्र रहेका एसइई दिने विद्यार्थीलाई गन्तव्यसम्ममा पुग्न सवारी साधन उपलब्ध नभएमा काठमाडौँ महानगरले व्यवस्था गरेको जनाएको छ । महानगरले महानगर प्रहरी बलको सहयोगमा विद्यार्थीहरूलाई गन्तव्यसम्म पुग्ने गरी सवारीसाधनको व्यवस्था गरेको जनाएको हो । सवारी साधन प्रयोगका लागि महानगरले निम्न व्यक्ति र नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरका अनुसार बानेश्वर क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने सम्पर्क नम्बर ९८५१०९३१७६, नयाँ बसपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट सम्पर्क नम्बर ९८५१२३३६३३ त्यस्तै गरी टेकु क्षेत्रबाट नगर प्रहरी उपरीक्षक प्रकाश पण्डित सम्पर्क नम्बर ९८५१०५६३४६ मा सम्पर्क गरी सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको ...
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु

मातृशिशु मृत्युदर घटाउने अभियान सुरु

ताजा अपडेट, वातावरण, समाचार
१५, चैत पाल्पा । पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो । जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अंक हुँदै एकल अंकमा झार्ने गरी योजना बनाइएको जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभारम्भ गरेका छन् । मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म, दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुर...
चैत्र कृष्ण चतुर्दशी :पाहाँचह्रे मनाइँदै

चैत्र कृष्ण चतुर्दशी :पाहाँचह्रे मनाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१५, चैत काठमाडौं । काठमाडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभर मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ ।यो चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएको पनि स्मरण गरे । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारस...