वातावरण

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनि...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रणालीको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पह...
सुनको मूल्य बढ्यो,आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो,आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, वातावरण, समाचार
१४, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  ...
ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरेर एक युवकको हत्या

ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरेर एक युवकको हत्या

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, चैत काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।...
निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार, साहित्य
१४, चैत काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।...
अर्घाखाँचीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

अर्घाखाँचीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

ताजा अपडेट, वातावरण, समाचार
१४, चैत काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा हिजो साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाट बस्ने ५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन । शितगंगा नगरपालिका-२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ   ।घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ। अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । गोरुसिंगे सन्धिखर्क सडक खण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागी फिर्ता हुँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खस...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१४, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

ताजा अपडेट, वातावरण, समाचार
१३, चैत काठमाडौं । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो । बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पू...
दुर्गमको विद्यालयमा आवासीय सुविधा

दुर्गमको विद्यालयमा आवासीय सुविधा

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
१३, चैत काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था गरिएको हो । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको विद्यालयका शिक्षक विकल तामाङले बताएका छन् । यसअघि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक मिलेर बिहान एक छाक खाना विद्यालयमै गर्ने व्यवस्था गरिँदै आएकोमा अब भने विद्यालयमै आवासीय सुविधा प्रदान गरिएको हो । उहाँले विद्यालयमा बालविकासदेखि कक्षा ७ सम्म २५ जना बालबालिका रहेको र ती विद्यार्थीमध्ये कक्षा १ देखि ७ सम्मका २० जना विद्यार्थीलाई विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा दिएर राख्ने कार्य भइरहेको बताए । यस वर्षबाट अभिभावकलाई...
आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१३, चैत काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खाने तेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खाने तेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गत वर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खाने तेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो आठ महिनामा रू. एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू। ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास ९सोयाबिन० तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू. सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू. पाँच अर्ब ८३ करोड ७३ लाखको अलैँची, रू। चार अर्ब ३२ करोड ३९ लाखको कार...