वातावरण

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
१२, चैत काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० औँ महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए । केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१२, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।...
विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११, चैत काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई हिजो (आइतबार) काठमाडौँ महानगरपालिका-१६ स्थित वनस्थलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीले बताए । उप्रेतीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको एसपी शाहीले बताएका छन् ।...
जङ्गल छाड्न मानेनन् विदेशी पर्यटक, खाली हात फर्के प्रहरी

जङ्गल छाड्न मानेनन् विदेशी पर्यटक, खाली हात फर्के प्रहरी

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
११, चैत कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन्  । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गइसकेका छन् भने अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन्  । निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो तर जति आग्रह गरे पनि उनीहरूले ठाउँ नछाडेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले बताए  । उनले भने, “विदेशी भएका कारण हामीले बल प्रयोग गरेनौँ, केही दिनमै आफैँ हामीहरू गइहाल्छौँ भनेका छन् फेरि उनीहरूबाट समुदाय वा अरू कुराको त्यस्तो क्षति पनि नदेखिएका कारण हामी उनीहरूलाई...
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

ताजा अपडेट, वातावरण, समाचार
११, चैत चितवन । पछिल्लौ समय नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि वासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए ।उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।” नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०...
प्लाई उद्योग आगलागी घटना : ३० घर जोखिममा

प्लाई उद्योग आगलागी घटना : ३० घर जोखिममा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११, चैत दाङ । घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए । आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गए राति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थ...
चार निर्माण कम्पनी कालोसूचीमा

चार निर्माण कम्पनी कालोसूचीमा

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११, चैत काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो । ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको थियो । यसैगरी रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर.एस.ए.कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
११, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । त्यसै गरी युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०७ पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ...
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जनामाथि कारबाही

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जनामाथि कारबाही

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
११, चैत काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभाबी रूपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहे...
आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर  मनाइँदै

आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
११, चैत काठमाडौं । आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ  । दिवसको यो वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । यो रोगका कारण नेपालमा हजारौं मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको ...