वातावरण

बागमती प्रदेश सरकारको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती प्रदेश सरकारको २५ प्रतिशत मात्र बजेट खर्च

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, चैत बागमती । बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आव २०८१/८२ को आठ महिनाको अवधिमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेश सभा ...
पूर्वराजा शाहद्वारा गोरखनाथ मन्दिरमा पूजा अर्चना

पूर्वराजा शाहद्वारा गोरखनाथ मन्दिरमा पूजा अर्चना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
९, चैत काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा गरेका छन् । शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ...
चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, चैत झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको सोही अवधिमा रु दुई अर्ब १२ करोड ७६ लाख ३७ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको आठ महिनामा रु पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो । भन्सार कार्यालयका अनुसा...
पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

ताजा अपडेट, वातावरण, समाचार
९, चैत तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन । मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए । सशस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।...
आज विश्व पानी दिवस मनाइँदै

आज विश्व पानी दिवस मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
९, चैत काठमाडौँ । हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ । संसारभर ...
वरिष्ठ पत्रकार बस्नेतको निधन

वरिष्ठ पत्रकार बस्नेतको निधन

बिशेष, ब्यानर-१, वातावरण, समाचार
९, चैत काठमाडौं । राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक समेत थिए । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाको समेत अध्यक्ष थिए । उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए । ब...
वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

ताजा अपडेट, वातावरण, समाचार
८, चैत काठमाडौं । वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइएको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो । २०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
८, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।...
नारायणघाट- बुटवल सडकस् पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नारायणघाट- बुटवल सडकस् पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

ताजा अपडेट, वातावरण, समाचार
८, चैत काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ । नारायणघाट बुटवल सडक आयोजना पूर्वखण्ड कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् । निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन् । सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पन...
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै

आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
८, चैत काठमाडौं । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रुपमा नौरोज दिवस मनाइन्छ । यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ ।...