अर्थतन्त्र

अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, समाचार
२३, माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्यांक दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर ...
नेप्से परिसूचक १४.०८ अंकले घट्यो

नेप्से परिसूचक १४.०८ अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२२, माघ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।...
फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२, माघ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो।...
चार दिनयता सुनको मूल्य स्थिर

चार दिनयता सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२१, माघ काठमाडौं । चार दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारयता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शनिबार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर कारोबार भएको महासंघले जनाएको छ । महासंघले चाँदीको मूल्य भने घटेको जनाएको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो । यस आधारमा चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ ।...
सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१८, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९ सय १५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७, माघ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
सडक–पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

सडक–पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
१६ माघ,काठमाडौं ।सडक—पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाले एकजनालाई आर्थिक कारबाही स्वरुप १५ हजार जरिवाना तिराएको छ । महानगर प्रहरी बलका अनुसार महानगरले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत उल्लेखित रकम बराबरको आर्थिक जरिवाना तिराएको हो ।  ...
आज नेप्से २४.५० अंकले बढ्यो

आज नेप्से २४.५० अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, माघ काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रहेको छ ।
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो । महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । सोही सुनको मूल्य अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।...
नेप्से परिसूचक १० अंकले घट्यो

नेप्से परिसूचक १० अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१४, माघ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १० दशमलव ६१ अंकले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ । कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ५१, लगानी शून्य दशमलव ७७, जीवन बीमा एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६७, व्यापार एक दशमलव ८३ र अन्य समूह एक दशमलव ६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।...