अर्थतन्त्र

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०–८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१–८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो ।विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०–८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र सङ्कलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व सङ्कलनको लक्ष्य घटाइएको हो ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ ।यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७० रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४५ रुपैयाँ रहेको छ ।  ...
२ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

२ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
५ भदौ,काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि ति संस्थाको इजाजतपत्र स्वतः रद्ध भएको प्राधिकरणले जनाएको छ।वीरगञ्ज महानगरपालिका–८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको हो। प्राधिकरणले अडिटेड वित्तीय विवरणअनुसार तिर्नरबुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर प्राधिकरणमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।यसअघि ३२ जेठमा पनि ७ वटा इन्टरनेट कम्पनीको इजाजतपत्र खारेज भएको थियो । मोरङका वशिष्ठ केबल नेट प्रालि,इन्फोनेट टेक्नोलोजी प्रालिसहित जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि,झापाको एसिया नेट कम्युनिकेशन प्रालि,गुल्मीको फास्ट स्पिड लिंक नेटवर...
मेची भन्सारले उठायो १ अर्ब बढी राजस्व

मेची भन्सारले उठायो १ अर्ब बढी राजस्व

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८०र८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । ‘मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ,’ उनले भने, ‘चालु आवको साउनमा तीन अर्ब ८९ करोड १० लाख ५८ हजार रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।’ मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश। ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्...
३ हजार विन्दुबाट ओरालो लाग्यो सेयर बजार

३ हजार विन्दुबाट ओरालो लाग्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो । दिनभर बजारमा तीव्र उतारचढाव देखियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो । ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढे । विकास बैंक २.२५, फाइनान्स २.७९, होटेल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटे । बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रि...
गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय ग्रिडको बिजुली पुग्यो

गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय ग्रिडको बिजुली पुग्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको छ । बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनै पूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणम...
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२४ रुपैयाँ रहेको छ ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु नौ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला रु २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
‘ईचङ्गुनारायण काष्ठ उद्योग’आगलागी अपडेट : ४० लाखको फर्निचर र काठको क्षति,छिमेकीका घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट

‘ईचङ्गुनारायण काष्ठ उद्योग’आगलागी अपडेट : ४० लाखको फर्निचर र काठको क्षति,छिमेकीका घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ३२ साउन,काठमाडौं ।काठमाडौको नागार्जून नगरपालिका वडा नम्बर–२ को सानोभर्‍याङ स्थित काष्ठ उद्योगमा भएको  आगलागीमा लाखौंको क्षति भएको अनुमानित आँकडा निकालिएको छ । व्यवसायी पृथ्वीबहादुर थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’मा गत मंगलबार राती करिब पौने नौ बजेको समयमा भएको आगलागिबाट करिब ४० लाख बराबरको फर्निचर र काठको क्षतिसँगै छिमेकीका दुुई घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट भएको व्यवसायी पृथ्वीबहादुर थापाले बताए । विद्युत्‌ लाइन सर्ट भएर आगलागी हुँदा थापाको टिनको ट्रस्ट र टिनले बारेको दईतले काठको कारखानामा आगलागी भएर पुर्ण रुपमा क्षति भएको छ।भने,उत्तरतर्फ रहेको छिमेकीको तीन तले घरको दुई वटा झ्याल,पर्दा र जुत्ता ¥याग पनि पुर्ण क्षती भएको छ ।त्यस्तै अर्का छिमेकीको तीन तले घरको पछाडीको पुरै भित्तामा पनि आगलागिले क्षति पु¥याएको छ ।  पीडित थापाका अनुसार ट्रष्टक...