अर्थतन्त्र

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।  ...
नेप्से तीन वर्षकै उच्च, करिब ३० अर्बको सेयर कारोबार

नेप्से तीन वर्षकै उच्च, करिब ३० अर्बको सेयर कारोबार

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो । नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००।८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष ९१५ भदौ २०७८० कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो । आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५।६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटेल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे । फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे ।यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्प...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.३८ रुपैयाँ रहेको छ । यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४६ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२० रुपैयाँ रहेको छ । ...
नाडा अटो शो–२०२४ भदौ ११ गतेदेखि

नाडा अटो शो–२०२४ भदौ ११ गतेदेखि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० साउन,काठमाडौं ।नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो–२०२४ आयोजना गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म अर्थात् भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने बताइएको हो। यस वर्ष नाडा अटो शोमा टाटा.ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन्।यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू,१९ दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले बताएको छ। जुन लुब्रिकेन्ट, टायर,ब्याट्री,ग्...
तारकेश्वर,१० को अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म

तारकेश्वर,१० को अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म

अर्थतन्त्र, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
जमुना धमला ३०साउन,काठमाडौं।तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीको उत्पादन ‘अक्वा त्रिदेव ब्राण्ड’बाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ। कोलिफर्म भटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ। महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो।लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। परीक्षण रिपोर्टअनुसार अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको ड.झाले बताए।प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको उनको भनाई छ।तर यो शून्य हुनुपर्ने थियो।साथै यो व्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ।पानीको नमुनामा पानी...
टाटाको विंगर अफर सार्वजनिक

टाटाको विंगर अफर सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३० साउन,काठमाडौं ।नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा विंगरको धमाकेदार अफर’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत २० प्रतिशत डाउनपेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्म फाइनान्स सुविधामा विंगर खरीद गर्न सकिनेछ।मासिक ६० हजार रुपैयाँको किस्ताबन्दी सुविधा रहेको कम्पनीले जनाएको छ। टाटा मोटर्सले हालै पुनः सार्वजनिक गरेको टाटा विंगरको नयाँ मोडेल छोटो तथा लामो दूरीका लागि किफायती र आरामदायी रहेको सिप्रदीका प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले बताए। बीएस-६ प्रविधि भएको यस गाडीमा १०० हर्सपावरका साथै २०० न्यूटन मिटरको टर्क छ।...
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो। आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ। जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो । मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
नेप्से सूचक ८.१८ अंकले घट्यो

नेप्से सूचक ८.१८ अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से सूचकमा ८ अंकको गिरावट आएको छ । लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा मंगलबार ८.१८ अंकको गिरावट आउँदै २९२३.४६ अंकमा झरेको हो । मंगलबार कारोबार समेत घटेर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँमा झरेको छ । ७० अंकमाथिले नेप्से सूचक बढेको अघिल्लो दिन २७ अर्बमाथिको कारोबार भएको थियो । मंगलबार १५७ वटा कम्पनीको सेयर मूल्य घट्दा ८० कम्पनीको मात्र बढेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।...
१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गरिने

१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गरिने

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
२९ साउन,काठमाडौं ।सरकारले एसियाली विकास बैंकबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सह–सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  ...