समाचार

मनसुन पुन सक्रिय : अबको केही दिन देशभर वर्षाको सम्भावना

मनसुन पुन सक्रिय : अबको केही दिन देशभर वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८, असोज काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने भएको छ । । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ...
नेपाली साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति

नेपाली साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेको हो । राष्ट्रपति पौडेलले भने, “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ ।” उनले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गरे । उनले भ...

‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’: चिरीबाबु

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
७, असोज ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ललितपुर महानगर अब्बल रहेको र आगामी दिनमा सबै किसिमका परीक्षामा यहाँका विद्यालय र विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे । “ललितपुर महानगरलाई शिक्षाको हब भनिन्छ, यहाँ शैक्षिक संस्थाहरूले उत्कृष्टता हासिल गर्दै आएका छन्, तपाईंहरूको मेहनतलाई हामी कदर गर्छौँ, एसइईको परीक्षामा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई रु. दुई लाख र सामुदायिक विद्यालयलाई रु. चार लाख उपलब्ध गराउने कार्यविधि तय भएको छ । सोही अनुसार उत्कृष्टता हासिल गर्न क्रियाशील विद्यालयको, भौतिक पूर्वाधारमा पनि थप जोड दिन्छौँ”, महान...

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

ताजा अपडेट, राजनीति, समाचार
७, असोज काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरे। नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ । उक्त सबस्टेसनबाट बर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ ।निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए। उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताए। सङ्खुवासभामा न...
टोखामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

टोखामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
७, असोज काठमाडौं । काठमाडौँको टोखामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–२ स्थित गहना पाखेरीमा डुबेर जाल्पाचोकमा बस्ने ४ वर्षीय गुराँस सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मृतक बालिका बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएकी दुर्गा सहनीकी छोरी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, असोज महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो । महोत्तरीमा असोज सङ्क्रान्तियता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ । घामको प्रचण्ड राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै छ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । यसअघि गत जेठमा पनि मनराशिशवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए ।...

सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको छ : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, असोज काठमाडौं । ने.क.पा. (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ । दाङको लमहीमा एमालेको लमही नगर अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताए हो । आफू सरकारमा हुँदा मनपरी गरेकाहरूले अहिले सरकार बाहिर भएपछि सरकारको विरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने प्रयास गरेको उनको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी ठुला दलहरू मिलेपछि जनतामा देखिएको निराशा र कुण्डा अन्त्य भएको छ, अर्थतन्त्रका सकारात्मक परिवर्तन देखिन थालेका छन्, त्यस्तो बेलामा केहीले मन पराएका छैनन ।’ पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका एमालेका महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न आवश्यकताअनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठुला दलहरू मिलेर सरकार बनाएको बताए। आफूहरू मिल्नुको अर्थ मुलुकको उज्यालो यात्र...
नेप्से परिसूचक ५९ अंकले घट्यो

नेप्से परिसूचक ५९ अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, असोज काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अंकमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु। पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य...

टपरी र चकटी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी

ताजा अपडेट, वातावरण, समाचार
७, असोज तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिइन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप स...

दुर्गा प्रसाईँका समर्थकहरू आन्दोलित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, असोज काठमाडौं । दुर्गा प्रसाईँका समर्थकहरू आन्दोलित भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँका समर्थकहरूलाई हिरासतमा लिएपछि उनीहरू आन्दोलित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईँ आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए । प्रसाईँ पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् ।...