समाचार

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौँ जानुपरेको बताए । “मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए”, उनले भने ।निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमा...
हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि, सतर्कता अपनाउन आग्रह

हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि, सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
भक्तपुर । विगत १४ घण्टादेखि परेको अविरलवर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्य विनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्य विनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्वासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ । वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान ...
पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
मकवानपुर । पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाई छ।...
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्‍याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम गर्न लागेको महानगरको वातावरण विभागले जानकारी दिएको छ । महानगर वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार थोरै मात्रामा जैविक मल बनाउने काम यसअघि बाट नै सुरु गरिएको भए पनि केन्द्र निर्माण काम भएको थिएन, केन्द्र निर्माणका लागि भने अहिले ‘डिजाइन’को तयारी भइरहेको छ । उत्पादित मललाई बञ्चरेडाँडा आसपासमा महानगरले वृक्षारोपण गरेको रूख बिरुवामा राख्ने र बढी भएको मल स्थानीयलाई दिने तयारी छ । महानगरले एक वर्षअघिदेखि टेकुमा कम्पोष्ट मल बनाउन सुरु गरिसकेको छ । यसका लागि महानगरले ३२ वटै वडालाई र बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने अन्य...
भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला

भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला

ताजा अपडेट, बिशेष, समाचार
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन् । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् । उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनी बताउँछन् ।...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।...
काठमाडौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुन थप सक्रिय भएसँगै देशका अधिकाश भूभागमा वर्षा भएको छ । काठमाडौं उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम(भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ।...
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका(२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका(६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।...

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।...
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उनले विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ जारी गरिएको स्पष्ट पारिन् । “शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको...