समाचार

पेशागत महासंघ नेपालको ३० औं स्थापना दिवस : शुभकामना आदान–प्रदान एवं उपहार नतिजा प्रकाशन

पेशागत महासंघ नेपालको ३० औं स्थापना दिवस : शुभकामना आदान–प्रदान एवं उपहार नतिजा प्रकाशन

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।पेशागत महासंघ नेपालले आफ्नो ३० औं स्थापना दिवस मनाएको छ। आइतवार नेकपा एमाले निकटको पेशागत महासंघ नेपालले काठमाडौंको भद्रकालीमा अवस्थित नेपाल टेलिकमको सभाहलमा भव्य समारोहको आयोजना गरि ३०औं स्थापना दिवस मनाएको हो।महासंघले स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदानसँगै ‘उपहार नतिजा’ प्रकाशन समेत गरेको महासंघका कार्यवाहक अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केद्रिय सदस्य एवं महासंघको सल्लाहकार समिति प्रमुख बाबुराम थापाले एमालेका २३ वटा जनसंगठनहरु मध्ये,पेशागत महासंघ नेपाल एक सक्रिय र सशक्त संगठन भएको भन्दै यसको इतिहासका बारेमा बताए। उनले भने,‘वि.सं.२०५२ जेठ ४ र ५  गते ‘पेशागत ऐक्यवद्धता मञ्च’का नाममा स्थापना भएर २०५३ को जेठमा मात्र ‘पेशागत महासंघ नेपाल’को नामाकरण भएको यो महासंघ विभिन्न पेशामा आबद्ध पेशाकर्म...
वीरगञ्ज नाका तीन दिन बन्द हुने

वीरगञ्ज नाका तीन दिन बन्द हुने

समाचार
वीरगञ्ज । छिमेकी देश भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गरी पर्साको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको उल्लेख छ । फेब्रुअरी १७ मा सम्पन्न दुई देशीय सीमा अधिकारीहरुको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । समाहरणलाय, पश्चिम चम्पारण, बेतिया ९बिहार० को मे १७ मा प्राप्त पत्रबाट समेत अनुरोध भई आएपछि सीमा नाका बन्द गर्न लागिएको सूचना...
निष्कर्षविहीन बन्यो कार्यदल बैठक

निष्कर्षविहीन बन्यो कार्यदल बैठक

राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो । नेताहरुले आइतबार साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने बताएका छन् । गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको एक नेताले बताए । त्यही कुरामा सहमति नभएको उनको भनाइ बताए । यद्यपि विश्वासको वातावरण बनिरहेकाले साँझ बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे । यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले समग्र सहकारीको विषय भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको बताए । गृहमन्त्री अहिले नै दोषी छ भन्ने भाषाको ड्राफ्...

शेयर बजारमा फर्कियो रौनक

अर्थतन्त्र, समाचार
काठमाडौँ । शेयर बजारमा रौनक फर्किएको छ । बजार साताको पहिलो करोबार दिन आइतबार बढेको हो । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको आत्मविश्वासमा केही बढोत्तरी भएको देखिन्छ । विशेषगरी मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु (सेयर) एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो ।...

जसपा अध्यक्ष यादवद्वारा सर्वाेच्चमा रिट

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्। अध्यक्ष यादवले जसपाबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेसँगै यादव सर्वाेच्च पुगेका हुन् । यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर विश्वास मतसमेत फिर्ता लिएको थियो। जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्।...
राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण गरिएको थियो । तर बैठक भने बस्न सकेन । अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।...
मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, समाचार
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख मोहन स्नेही रसाईलीसहित नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख, नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्...
छानबिन बनाउने समिति टुंगोमा नपुग्दा प्रतिनिधिसभा र राष्ट्रियसभा प्रभावित

छानबिन बनाउने समिति टुंगोमा नपुग्दा प्रतिनिधिसभा र राष्ट्रियसभा प्रभावित

राजनीति, समाचार
काठमाडौँ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा संसदीय छानबिन समिति बनाउने सहमतिमा पुगेका दलहरू यसको क्षेत्राधिकारलाई लिएर निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित बनेको छ। संसदीय समितिको क्षेत्राधिकार टुंगो लगाउने जिम्मा पाएको कार्यदल बैठक आइतबार बिहानदेखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो। कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेको बताए।...
२ बजेका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक

२ बजेका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न २ बजेका लागि सरेको छ । संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति नभएपछि बैठक नसकेपछि सारिएको हो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति भने जुट्न सकेको छैन । हाल संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।...
विस्तार हुँदै ‘पेट्रोलियम पाइप लाइन’

विस्तार हुँदै ‘पेट्रोलियम पाइप लाइन’

अर्थतन्त्र, ताजा अपडेट, समाचार
हेटौँडा । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिटै सुरु हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उनले भने, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ...