राजनीति

ग्यास व्यवसायीद्वारा आन्दोलन स्थगित

ग्यास व्यवसायीद्वारा आन्दोलन स्थगित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, माघ काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् । संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच छलफल भएको थियो ।...
सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ

सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ

ताजा अपडेट, राजनीति, समाचार
३०, माघ काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार सामाजिक सञ्जाल विधेयकविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएकाले यसलाई सच्याउन माग गरिएको नेविसंघका नेता विजय ढुंगानाले जानकारी दिए । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । ...
आज ८ वटा संसदीय समितिको बैठक बस्दै

आज ८ वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
३०, माघ काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् । जसअनुसार प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई समितिका बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ। यस्तै, सोही समयपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्नेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकको पनि ११ बजे नै बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।त्यस्तै, साढे ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै, मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ...

नेपालमै अध्ययन गरी देश निर्माणमा लागौँ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३०, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपामला शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए । उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरु पनि नेपालकै क्याम्पसहरुमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे । उनले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरुले विशेष ध्यान दिन जरुरी रहेको बताए ।...
संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

ताजा अपडेट, राजनीति, समाचार
२९, माघ काठमाडौं । नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताए हो । उनले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए। सांसद रिजालले संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताए । उनले संसद् अराजकको नभइ सज्जनको थलो भएको जानकारी दिए । जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने उनको भनाइ छ । संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरूलाई उनले आग्रह गरे ।...
कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, माघ सर्लाही । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आवश्यकताका कारण प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेससँग मिल्नुपरेको प्रस्टीकरण दिएका छन् । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले सोमबार आयोजना गरेको वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले विगतमा पनि आवश्यकताअनुसार ठूला पार्टीहरु मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको उदाहरण दिए । हामीलाई कांग्रेससँग प्रतिस्पर्धा गर्ने पो हो किन मिलेको भनेर प्रश्न गर्नेहरु छन्, उनले भने, ठूला पार्टीहरु खास अवस्थामा मिलेका पनि छन् र स्वस्थ प्रतिस्पर्धा पनि गरेका छन् । मुलुकमा समस्या आउँछ मिल्छन्, जुन विगतदेखि नै हुँदै आएको छ । प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ । वि.सं २००७ सालमा पनि पार्टीहरु मिलेको उनले बताए । त्यस्तै, २०१७ सालमा, २०४६ सालमा, २०६२ सालमा र संविधान जारी गर्दा पनि पार्टीहरु मिलेको प...
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ

जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, माघ काठमाडौं । नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताएकी हुन् । उनले भनिन्, ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरू सधैँजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरू असुरक्षित महसुस गरिरहेका छन् ।...
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल-जवाफ

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल-जवाफ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, माघ काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ । बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बिचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे। सांसद अछामीले भने “माननीयमन्त्रीज्यू, यो बहस यहाँ गर्ने होइन, त्यो बहस ऊर्जा मन्त्रालयमा गर्ने हो, हामीसँग यहाँ गर्नुपर्ने नै होइन ।” मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ छ, छैन भन्ने कुराको पनि तथ्यमा ...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, माघ काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।...
समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड

समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, माघ महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको बताए । हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताए ।...