राजनीति

प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग

प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८, माघ काठमाडौं । बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहितको टोलीले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरी तत्काल जग्गाको अतिक्रमण हटाउन ध्यानाकर्षण गराएको हो । कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विघा क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको जानकारी दिए । नगर प्रमुख आचार्यले भने, ‘‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाा...
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि बताए ।...
गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन वटा विधेयक पेस

गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन वटा विधेयक पेस

ताजा अपडेट, राजनीति, समाचार
२८, माघ काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ नेपाल प्रहरी विधेयक, २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ संसदमा पेस भएको हो ।...
आज ३४औं अख्तियार स्थापना दिवस

आज ३४औं अख्तियार स्थापना दिवस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, माघ काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औं वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ ।...
राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित

राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित

ताजा अपडेट, राजनीति, समाचार
२७, माघ काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पारित भएको छ । विधेयक पारित भएसँगै समुद्रहरूमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने भएको छ । यस्तै नेपालभित्रका नदी तथा जलाशयहरूमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरू नियमन र व्यवस्थापनका लागि समेत कानुनी आधार तयार हुने छ । आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिएपछि ‘विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो । प्रस्ताव माथि कसैले पनि असहमति नजनाए पछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत पारित भएको घोषणा गरे ।...
सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, माघ काठमाडौं । शनिबार सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदले सिंहदरवार भित्रै रहेको खानेपानी मन्त्रालयमा शनिबार भएको आगलागीको कारण र क्षतिको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले सिंहदरवारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागी हुनुको कारणबारे संसद्लाई जानकारी गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।उनले भने, ‘सभामुख महोदय, हिजो बिहान सिंहदरवार स्थित खानेपानी मन्त्रालयमा आगलागी भयो । नेपालको राज्य सञ्चालनको केन्द्र खानेपानी मन्त्री प्रदिप यादव ज्यूको कार्यकक्षमा आगलागी भयो । यसले हामीलाई हाम्रो सुरक्षा, हाम्रो संवेदनशीलता र हाम्रो सचेतनाप्रति प्रश्न उठाएको छ । यो कसरी भयो रु यो कसरी यस्तो घटना हुन पुग्यो भन्ने विषय मलाई लाग्छ यो संसद्लाई जा...
संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, माघ काठमाडैं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्ने तय भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।...
समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित

समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित

ताजा अपडेट, राजनीति, समाचार
२७, माघ मोरङ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा हिजो आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो । उनलाई रु। ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मान पत्र प्रतिष्ठानका अध्यक्ष गंगा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गरे । यसैगरी, धर्मानन्द रामप्यारी सिटौला रु। एक लाख ५१ राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ । साथै बालकिसनरनर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार भानुभक्त जोशी बझाङ लाई प्रदान गरिएको छ । रु. ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल मोरङ भूपेन्द्र शो...
अर्थतन्त्र सुधारका लागि पहल जारी गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

अर्थतन्त्र सुधारका लागि पहल जारी गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२७, माघ काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन् । उनले सार्वजनिक(निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरिरहेको बताए । नेपाल व्यवस्थापन संघको ४४औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताए । कार्यक्रममा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा संघद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए भने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं ‘इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज इआइडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए ।...
कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, माघ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।...