राजनीति

मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, माघ काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रिय सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन्।विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।...
सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको छ : श्रेष्ठ

सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको छ : श्रेष्ठ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन् । शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन् । प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले जिकिर गरे । श्रेष्ठले संविधानको सकारात्मक अन्तर्वस्तुलाई प्रहार गर्ने नियतले संविधान संशोधन गर्न खोजिएको धारणा राखे । सत्तारुढ दलका नेताहरूले नै दुई दलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उनको भनाई थियो ।...
आर्थिक–व्यावसायिक वातावरण सुधार्दै लगानी अभिवृद्धि गर्न अध्यादेश : प्रधानमन्त्री

आर्थिक–व्यावसायिक वातावरण सुधार्दै लगानी अभिवृद्धि गर्न अध्यादेश : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश मार्फत संशोधन गरेको बताएका छन् । संसद‍्‍मा शुक्रबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत संशोधन गरिएको उनले बताए । अध्यादेश मार्फत एकै पटक २९ वटा कानुन संशोधन गरिएपछि सुशासन र व्यावसायिक वातावरण निर्माणमा देशले ‘अभूतपूर्व सुधारको थालनी’ गरेको उनले बताए ।...
निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन

निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, माघ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका छन्। सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाएको हो । सभापति लामिछानेले आफू थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका हुन् । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे ।सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।  ...
जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित हुनु हुँदैन :सभामुख घिमिरे

जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित हुनु हुँदैन :सभामुख घिमिरे

ताजा अपडेट, राजनीति, समाचार
१८, माघ काठमाडौं । सभामुख देवराज घिमिरेले आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिने गरिएको बताए। उनले भने, ‘यहाँ व्यक्त भएका विचारलाई परिष्कृत गर्दै हामी नीति निर्माणसम्म पुग्दछौँ । संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।...
रास्वपाले गर्‍यो प्रतिनिधि सभा बैठक अवरोध

रास्वपाले गर्‍यो प्रतिनिधि सभा बैठक अवरोध

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, माघ काठमाडौं । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।...
बागमती प्रदेश सभाको बैठक आज बस्दै

बागमती प्रदेश सभाको बैठक आज बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१८, माघ काठमाडों । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरे बमोजिम बैठक हुन लागेको हो । प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् ।...

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१८ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । त्यसपछि मन्तव्यक...
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, राजनीति, समाचार
१७, माघ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए। नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताए ।...
एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका स् शिक्षामन्त्री भट्टराई

एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका स् शिक्षामन्त्री भट्टराई

ताजा अपडेट, राजनीति, समाचार
१७, माघ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । आज उनले भिडियो सन्देश जारी गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपिभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।...