राजनीति

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

ताजा अपडेट, राजनीति, समाचार
७, माघ विराटनगर । गत असोज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेस हुनेछ भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ ।...
लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाहलाई पूर्ण पारदर्शि बनाउने

लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाहलाई पूर्ण पारदर्शि बनाउने

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
६, माघ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न महत्त्वपूर्ण कदम चालिएको हो । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले पारदर्शिता र सुशासन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए। उनले सरकारका हरेक काममा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन सुधारमा जोड दिइएको उल्लेख गरे ।...
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी

कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, माघ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् । किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए। अहिले पनि धेरै परिवार कृषिमा लागेका भएपनि ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको उल्लेख गर्दै उनले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए ।...
एमालेमा फर्किँदै बामदेव गौतम

एमालेमा फर्किँदै बामदेव गौतम

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, माघ काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किंने भएका छन् । नेता गौतम एमालेमै फर्किने तयारीमा जुटेका छन्। नेता गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमालेमै फर्किने विषयमा छलफल गरेका हुन् । पार्टीका नेता डीबी कार्कीका अनुसार गौतम एमालेमा फर्किंदैछ । ‘अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं’, कार्कीले भने। पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए । उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए। एमालेमा जाने भएपछि उनीहरुले अभियानबाट अलग भएको घोषणा गरेका हुन्।...
‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

ताजा अपडेट, राजनीति, समाचार
६,माघ ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका हुन् । मात्र पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिइन् । यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको उनको भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भनिन् ।...
संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक छ : मुख्यमन्त्री सिंह

संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक छ : मुख्यमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, माघ धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले संघीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए ।...
जरा केन्द्रित अभियानका लागि एमाले शीर्ष नेताहरु धनकुटा जाँदै

जरा केन्द्रित अभियानका लागि एमाले शीर्ष नेताहरु धनकुटा जाँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, माघ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा जान लागेका हुन् । कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईलगायतले सम्बोधन गर्नेछन् ।...
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

ब्यानर-१, राजनीति, समाचार
५, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरहेको बताएका हुन् । “महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भने । उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षाघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए ।...

पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी:‘प्रचण्ड’

ताजा अपडेट, राजनीति, समाचार
५, माघ मोरङ । नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरूलाई आग्रह समेत गरे ।...
आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
५, माघ मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गरेका हुन् प्रचण्डले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ, अब ग्रामथान थपिएपछि यो सङ्ख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश हो ।’...