राजनीति

समाजवादी मोर्चासँग सहकार्य हुँदैन : जसपा अध्यक्ष यादव

समाजवादी मोर्चासँग सहकार्य हुँदैन : जसपा अध्यक्ष यादव

ताजा अपडेट, राजनीति, समाचार
५, माघ  सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको स्पष्ट पारे । उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए ।...
प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, माघ मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । उनले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन् । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरूबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताए । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताए ।...
प्रधानमन्त्रीले पाण्डेलाई दिए अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

प्रधानमन्त्रीले पाण्डेलाई दिए अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, माघ काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् । आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिइ नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिए । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।...
मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, माघ काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो । यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।...
योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, माघ पाटन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्तरूपमा आयोजना आज मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा डा। यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताए । “ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ”, डा यादवले भने, “विसं २०४६ र विसं २०६२र६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।”...

छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
४, माघ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन् । विचार मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गर्न सकिने उनले उल्लेख गरे । पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताए । राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो ।...
अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव

अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, माघ काठमाडौं । जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन् । यस्तो प्रावधान संघीय निजामती सेवा ऐनमा राख्न उनको आग्रह छ । संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ । बिहीबारको बैठकमा समितिले विधेयकबारे जनसंख्याविद्‍हरूलाई छलफलमा बोलाएको छ । जहाँ जनसंख्याविद्को रूपमा उपस्थित पूर्वनिजामती कर्मचारी ज्ञवालीले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन् ।...
सातामा दुई दिन खुला भेटघाट गर्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

सातामा दुई दिन खुला भेटघाट गर्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, माघ काठमाडौं । नेपाली काँग्रेसले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवा निवासमा संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि पार्टीले उक्त निर्देशन दिएको हो । ‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रूपमा मन्त्रालयको काममा केन्द्रित हुन मन्त्रीहरूलाई निर्देशन दिइएको छ ।’...
राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित

राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गरेको थियो । यसैगरी, राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश भने बुधबार जारी गरेको थियो भने उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन ।गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा कानुन संशोधन गर्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  ...
कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ

कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ

ताजा अपडेट, राजनीति, समाचार
३, माघ काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने पार्टी बैठकमा बताएका छन् । सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेताहरू सहित काँग्रेसका मन्त्रीहरूको छलफलमा मन्त्री अधिकारीले ६० अर्ब रुपैयाँ आवश्यक भए पनि २७ अर्ब विनियोजन भएको सुनाएका थिए । मन्त्रीको छ महिने कार्यकालमा आफूले गरेका सुधारका कार्य सुनाउने क्रममा अधिकारीले रासायनिक मल आयात गर्न रकमको अभाव हुने बताएका थिए । ‘साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ । किसानको माग ११ लाख मेट्रिक टन छ,’ मन्त्री अधिकारीले भने,‘सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको छ । किसानले चाहेजति रासायनिक मल उपलब्ध गराउन लगभग ६० अर्ब रुपैयाँ चाहिन्छ ।’...