राजनीति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

ताजा अपडेट, राजनीति, समाचार
२, पुस काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।...
काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव

काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, पुस काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार लागि परेको बताएका छन् । मंगलबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका हुन् । उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौँ आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताए । काठमाडौँ उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेन्डर आह्वान भइसकेको समेत उनको भनाई थियो ।...
भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री

भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने दाबी गरेका छन् । मंगलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’...
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, पुस काठमाडौं । पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन कार्य संस्थागत हुन नसकको औँल्याएको छ । सिंहदरबारस्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार सार्वजनिक उक्त प्रतिवेदनले स्थानीय तहलाई विपद व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । ‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययन प्रतिवेदन’को निष्कर्षबारे बताउँदै प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले भने, “विपद व्यवस्थापन कति संस्थागत भएको छ, कि छैन भनेर अध्ययन भएको थियो, यसले स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको देखाएको यस्तै केही स्थानीय तहबाहेक धेरै विपदको मापदण्डभन्दा तल रहेको छ ।” उनले ठूलो विपद भएको अवस्थामा स्थानीय तहले रेस्पोन्स गर्न नसक्ने अवस्था देखिएक...
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, पुस काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्यान्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म हुनेछ ।...
अर्थ समितिको बैठक मंगलबार बस्ने

अर्थ समितिको बैठक मंगलबार बस्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१,पुस काठमाडौं । सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । मंगरलबार बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले जानकारी दिइएको छ ।सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून रहेको र कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।...
नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिन : सभामुख घिमिरे

नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिन : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, पुस काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिनको रुपमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।२०१७ साल पुस १ गते जननिर्वाचित संसदलाई भंग गरेर निरकुश पंचायती व्यवस्थाको घोषणा भएको थियो । यसकारण यो दिन नेपालको संसदीय इतिहासमा कालो दिनको रुपमा रहेको सभामुख घिमिरेले बताए । ‘राजाले कू गरेको कालो दिन । त्यो दिन जनताका मौलिक अधिकारहरू सम्पूर्ण रुपमा खोसिएको दिन हो,’ सभामुख घिमिरेले २०१७ साल पुस १ गतेको दिनको सम्झना गर्दै भने । संसद सर्वोच्च निकाय भएको र २०१७ सालमा खोसिएको यो व्यवस्था जनताले ३० वर्ष पछि फेरि फर्काएको उनले बताए ।...
सांसद र पत्रकारहरुबिचको सम्बन्ध सहज हुनुपर्छ : अध्यक्ष दाहाल

सांसद र पत्रकारहरुबिचको सम्बन्ध सहज हुनुपर्छ : अध्यक्ष दाहाल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, पुस काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरुबिचका सम्बन्धमा केही असहज जस्तो देखिएको बताउँदै यसमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् । सोमबार ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका युवा पत्रकार खोजमा चासो दिने खालका छन् । आचार संहिताबारे पनि सबै गम्भीर र संवेदनशील बन्न जरूरी छ । यसमा अलि बहस हुनुपर्छ ।’ उनले सूचना नदिँदैमा पत्रकारहरु रिसाइहाल्नुनपर्ने बताए ।...
आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन

आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, पुस काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए । पु...
काठमाडौँका पूर्वमेयर सिंहको निधन

काठमाडौँका पूर्वमेयर सिंहको निधन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, पुस काठमाडौं । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनी पूर्वमन्त्री समेत हुन् । सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ । ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए । गणेशमान सिंहको सहयोगी रहेका उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए ।...