राजनीति

शपथपछि कार्यभार सम्हाल्दै नवनियुक्त प्रशासनमन्त्री भगवती न्यौपाने

शपथपछि कार्यभार सम्हाल्दै नवनियुक्त प्रशासनमन्त्री भगवती न्यौपाने

राजनीति, समाचार
काठमाडौं ।नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ ग्रहणपश्चात कार्यभार सम्हाल्नुभएको छ । बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ ग्रहण गराउनुभएको थियो। शपथपछि उहँले कार्यभार पनि सम्हाल्नुभएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमते उपस्थिति हुनुहुन्थ्यो । घुस डिलको अडियो प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा यस अघिका मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपान मन्त्री नियुक्त हुनुभएको हो ।  ...
रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१,साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन् । कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ । तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन । यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ,’ निवेदनमा भनिएको छ । यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउन...
२०८४ मा नेकपा एमालेको विकल्प छैन : एमालेका शुभचिन्तक लेखनाथ फुयाल

२०८४ मा नेकपा एमालेको विकल्प छैन : एमालेका शुभचिन्तक लेखनाथ फुयाल

राजनीति, विचार, समाचार
३१ असार,काठमाडौं । नेकपा (एमाले) नेपालको प्रमुख राजनीतिक दल मध्ये एक हो ।२०४८बाट यो पार्टी संसदीय राजनीतिमा प्रमुख शक्ती  बनेको हो । २०४७ मा माले हुँदै वि.सं.२०५४ ,२०७७ सालदेखि हालसम्ममा पार्टीभित्र विभिन्न उतारचढाव आइरहेका छन् । यस्ता उचारचढावले पार्टीलाई सकारात्मक भन्दा पनि नकरात्मकता तर्फ धकेलेको महसुस भइरहेको छ । यहि असार १४ गते पार्टीका जननेता मदन भण्डारीको जन्मजयन्तीको दिन पार्टीका अध्यक्ष,वरिष्ट उपाध्यक्ष र दुइ÷दुई कार्यकालसम्म राष्ट्रपति बनीसक्नु भएकी व्यक्तिको वक्तव्यले अब नेपालमा वामपन्थी राजनीति गर्नेहरूको भविष्य कतातिर जाँदै छ भन्ने कुरा फेरी एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।तर मजस्तो सामान्य मान्छेले चिन्ता सिवाय के नै गर्न सक्छु र ! अहिले पार्टीले नयाँ पुस्तालाई राजनीतिमा ल्याउनु पर्छ भनेर वडा,टोल र समाजमा छलफल पनि चलाइरहेको छ । पार्टीले नीतिगतरुपमा नै राजनीत...
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो ; प्रधानमन्त्री

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो ; प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९,असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा समेत गरेका हुन् । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निस्शुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए । आफ्नो स्पेन भ्रमण सफल भ...
बाढी प्रभावित क्षेत्रको अवलोकनपश्चात प्रधानमन्त्री ओलीसहितको टोली फर्कियो

बाढी प्रभावित क्षेत्रको अवलोकनपश्चात प्रधानमन्त्री ओलीसहितको टोली फर्कियो

ताजा अपडेट, राजनीति, समाचार
२५ असार,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । प्रधानमन्त्री ओलीले बाढीबाट भएको क्षति,उद्धार र राहतबारे स्थानीय प्रशासन,जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गर्नुभएको थियो ।  क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति,नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह,बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे प्रधानमन्त्री ओलीले चिन्ता र चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल,गृहमन्त्री रमेश लेखक,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का,प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल,नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल,नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै...
विधान महाधिवेशनमा केन्द्रित हुन एमाले महासचिव पोखरेलको निर्देशन

विधान महाधिवेशनमा केन्द्रित हुन एमाले महासचिव पोखरेलको निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
२० असार,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बिहिबार कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले विधान महाधिवेशनमा जुट्न निर्देशन दिनुभएको । उहाँले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्नसमेत आग्रह  गरेको एमालेले जनाएको छ ।  ...
राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० असार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै,आज पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ ।अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ...
पूर्वराष्ट्रपति भण्डारीद्धारा औपचारिक राजनीतिमा फर्किएको घोषणा

पूर्वराष्ट्रपति भण्डारीद्धारा औपचारिक राजनीतिमा फर्किएको घोषणा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४ असार,काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गर्नुभएको छ । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो।त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि उहाँले बताउनुभयो। पार्टी सदस्यता नवीकरण गरेको छु।एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,उहाँले भन्नुभयो। पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको उहाँको भनाई छ। पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उल्लेख गर्नुभएको छ। मदन भण्डारीलाई सम्झँदै उहाँले भन्नुभयो—जननेत...
अहिलेको नेतृत्वबाट आशा गर्नु बेकार छ : चन्द्र भण्डारी

अहिलेको नेतृत्वबाट आशा गर्नु बेकार छ : चन्द्र भण्डारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३ असार,काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ। बिहीबार बसेको शिक्षा,विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनको छलफलपमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने गरेको उहाँको आरोप छ।राजनीतिक नेतृत्व व्यावहारिक र जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाई थियो। ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ।लेख्ने, बोल्ने,भाषण गर्ने तर कर्तव्य कोही पनि पूरा नगर्ने छन्।यो अहिलेको नेतृत्वमा भएको रोग हो ।त्यसकारण हामी व्यावहारिक हुनुपर्‍यो।’ संसद भण्डारीले भन्नुभयो ।  ...
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

अपराध, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२,असार काठमाडौं। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा जोडिएर कारवाहीमा परेका पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । बुधबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । विशेषले गरेको म्याद तामेलीपछि नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए । पूर्व प्रधानमन्त्री नेपालविरूद्ध पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार ...