राजनीति

विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै

विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् । आज दिउँसो ३ बजे उनले बबरमहल स्थीत कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई पार्टीले सदस्यता नै नवीकरण नगरेर रोकेकोमा उनले आपक्ति जनाएकी छन् । मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनी राष्ट्रपति भइसकेकाले सक्रिय राजनीतिमा आउन नमिल्ने र पदीय मर्यादा कायम गर्न आवश्यक रहेको निर्णय गरेको थियो ।  ...
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले गर्नुभएन : प्रधानमन्त्री ओली

विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले गर्नुभएन : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ साउन,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एमालेका संस्थापक महासचिव पुष्पलाल सही विचार,गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको जिकिर गरेका छन् । पार्टी नेतृत्वमा असल नेतृत्व रहेको र समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुशरण गर्नुपर्ने उनले बताएका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालय,च्यासलमा बुधबार आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे । ‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो।’, अध्यक्ष ओलीले भने, ‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो। आफ्नो थरमा श्रेष्ठ लेख्नुभ...
माओवादी केन्द्रका उपमहासचिव पुनको आरोप : स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी छ

माओवादी केन्द्रका उपमहासचिव पुनको आरोप : स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी छ

ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
७ साउन,काठमाडौं ।माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधानप्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा नगरेको एवं स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाएका छन् । माओवादी पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने बताए ।  स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले माओवादी पार्टीले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको जिकिर समेत गरे ।     ...
विद्या भण्डारीलाई केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न भने  : बर्तौला

विद्या भण्डारीलाई केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न भने : बर्तौला

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरूले राखेको बताएका छन्। केन्द्रीय कमिटीको आजको समापन बैठकमा सहभागी उनले मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेका उनले बताए।  ...
पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु संविधानको भावना विपरीत हुन्छ :कांग्रेसका नेताहरु

पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु संविधानको भावना विपरीत हुन्छ :कांग्रेसका नेताहरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पाँच नेताहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किनु संविधानको भावना विपरीत हुने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेका पूर्व उपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार,पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्व सहमहामन्त्री डा.प्रकाश शरण महतले भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन् । भेटमा सहभागी श्रेष्ठले आफूहरूले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने सभापति देउवालाई बताएको जानकारी दिए ।‘पूर्व राष्ट्रपति भण्डारी फेरि राजनीतिमा आएर गणतन्त्रलाई मजाक बनाउन नहुने भन्दै उनिहरुले देउवालाई सम्झाएको उल्लेख गरेका छन् । भण्डारी पुनः राजनीतिमा फर्किए राजनीतिक बेइमानी हुने पनि कांग्रेसका पाँच भाइको भनाइ छ । ‘राजनीतिमा राष्ट...
एमालेको केन्द्रीय कमिटी आज पनि जारी रहने

एमालेको केन्द्रीय कमिटी आज पनि जारी रहने

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका थिए। बैठक आज पुनः ११ बजे बस्ने तयारी भएको एमाले मुख्यालयले जनाएको छ। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए। बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आइतबार गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटी...
किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का

किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का

ताजा अपडेट, राजनीति, समाचार
३, साउन खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरि सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गरे । ‘सडक सञ्जाल जोडिएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ’, उनले भने, ‘त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो नाकाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ मन्त्री खड्काले जिल्लामा भारतीय लगानीका ठूला जलविद्युत् आयोजना पनि सञ्चालनमा रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले चैनपुरको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर...
अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
३, साउन काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन गरे । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा जुलाई १८ मा भएको उक्त महासभामा डा श्रेष्ठबाट सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व भएको थियो । महासभामा सम्बोधन गर्दै डा .श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरू सँग सहकार्यको आह्वान समेत गरे । साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैव तयार रहेको कुरा पनि उल्लेख गरे । सम्बोधनकै क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरे । डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव समेत हुन् । जु...
एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, साउन काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ । शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए । बाँकीले आजको बैठकमा धारणा राख्नेछन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन् ।...
एमाले पोलिटब्युरो बैठक १ बजे बस्दै,विधान प्रस्ताव अनुमोदन गरिने

एमाले पोलिटब्युरो बैठक १ बजे बस्दै,विधान प्रस्ताव अनुमोदन गरिने

ब्यानर-२, राजनीति, समाचार
साउन २ ,काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक १ बजे बस्ने भएको छ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा ११ बजेका लागि बोलाइएको बैठको समय सरेर १ बजे बस्ने तयारी भएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । बिहिबार बसेको ४९ औँ बैठक लम्बिएर राती अबेर भएका कारण आजको बैठकको समय सारिएको केन्द्रीय कार्यालय स्रोतको भनाई छ।बिहीबारको बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरेको थियो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा बिहीबार छलफल हुँदा ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भएको थियो। पोलिटब्युरो बैठकमा ती विषयमा पुनः छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने,नदिनेबा...