राजनीति

एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा पार्टी सदस्यता शुल्क र लेबी चुक्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा पार्टी सदस्यता शुल्क र लेबी चुक्ता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११ असार,काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नु भएको छ। केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर पार्टीप्रतिको आफ्नो आर्थिक दायित्व पुरा गर्नुभएको हो। उहाँलाई कार्यालय सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाउनुभएको सचिव  अधिकारी उहाँले बताउनुभयो ।    ...
एमालेको निष्कर्ष : विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा,दैलेखमा भेटिएको ग्याँस आर्थिक विकासको ठूलो संवाहक

एमालेको निष्कर्ष : विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा,दैलेखमा भेटिएको ग्याँस आर्थिक विकासको ठूलो संवाहक

ब्यानर-२, राजनीति, समाचार
११ असार,काठमाडौं ।नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । साथै एमालेले दैलेखमा भेटिएको ग्याँस देशको आर्थिक विकासका लागि ठूलो संवाहक बन्नसक्ने निष्कर्ष निकालेको छ । दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो । सो बैठकले वर्तमान सरकारको एक वर्ष सन्तोषजनक रहेको पनि समिक्षा गरेको एमालेले जनाएको छ ।...
यी हुन् मन्त्रिपरिषद्का  निर्णय

यी हुन् मन्त्रिपरिषद्का निर्णय

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११ असार,काठमाडौं ।सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ। असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आज बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनुभएको हो। बैठकबाट भिजिट भिसा प्रकरणका सम्बन्धमा छानबिन गर्न नेपाल सरकारका पूर्वमुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी सात सदस्यीय उच्चस्तरीय अध्ययन एवं छानबिन समिति,गठन गरिएको पनि उहाँले बताउनुभयो। सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश,२०८२ स्वीकृत गर्ने,असार १५देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा हुने अनलकिङ वाटर एन्ड स्यानिटेशन फाइनान्सिङ थ्रु द हेड्स अफ स्टेट इनिसिएटिभ विषयक कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्रीलाई...
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, शिक्षा, समाचार
५,असार काठमाडौं। आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै सङ्घीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक वृद्धि हुने भएको हो । बजेटमा सरकारले ‘सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बापत सङ्घीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको थियो । यसका लागि १० अर्ब १६ करोड बजेट विनियोजित गरिएको थियो । सोही अनुसार अब साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका हुन् । शिक्षा मन्त्रालयले बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण अन्तर्गतको रकम वृद्ध...
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, असार काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ । वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल गर्ने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुन...
‘परिवर्तनलाई बुझाउन नसक्दा अराजकता बढेको हो’ : शंकर पोखरेल

‘परिवर्तनलाई बुझाउन नसक्दा अराजकता बढेको हो’ : शंकर पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४,असार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने विषय युवापुस्तालाई बुझाउन नसक्दा देशमा अराजकता बढेको बताएका छन् । बेलायतको लण्डनस्थित नेपाली दूतावासले गएराति आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रका बारेमा अहिलेका पुस्तालाई बुझाउन आवश्यक रहेकामा जोड दिए। महासचिव पोखरेलले संघर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता व्यक्त गरिएको बताउँदै लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति अन्त्य गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । “भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्न...
जनताको जीवनस्तर सुधार गणतन्त्रको अभीष्ट

जनताको जीवनस्तर सुधार गणतन्त्रको अभीष्ट

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४,असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभीष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् । उनले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पूरा हुने बताउँदै यो लक्ष्य पूरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए । राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र सम...
जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
४,जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठुलो बलिदानबाट आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभीष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरे । उनले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने बताउँदै यो लक्ष्य पुरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।...
उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोश्नी मेचेले जानकारी दिइन् । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो आयोग गठन गरेको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन् ।...
पूर्वमन्त्री शास्त्रीको निधनको शोकमा कांग्रेसले स्थगित गर्‍यो औपचारिक कार्यक्रम

पूर्वमन्त्री शास्त्रीको निधनको शोकमा कांग्रेसले स्थगित गर्‍यो औपचारिक कार्यक्रम

ताजा अपडेट, राजनीति, समाचार
४, असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्री (पौडेल) को निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल) को ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो । उनको निधनको शोकमा कांग्रेसले आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेको छ । केन्द्रीय कार्यालयमा भइरहेको वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित भइसकेको छ । शोकका कार्यक्रम सम्बन्धी निर्णयलाई औपचारिकता दिन केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक सवा नौ बजेसम्म पनि सुरु हुन सकेको छैन ।...