राजनीति

नेपालको शिर निहुरिने कुनै काम गर्दिन : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेको छ । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउनदै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए । उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए । “विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरू जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ ।’’, प्रधानमन्त्री ओलीले भने “नेपाल असल छिमेकी सम्बन्ध रा...

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेको छ । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ : मन्त्री अधिकारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
३१, भदौ काठमाडौं । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताए । उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताए ।...

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिद्वारा शपथ ग्रहण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१, भदौ काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाललाई पद तथा गोपनियताको शपथ ग्रहण गरेको हो । दुई समितिमा सभापति चयनका लागि सोमबार निर्वाचन भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा नेकपा (एमाले) का सांसद हुनुहुन्छ ।यसका लागि एकीकृत समाजवादीका जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले आठ र जयन्तीले सात मत प्राप्त गरेको थियो ।...
आज संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री

आज संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३१, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । यसैबिच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।...

सडक दुर्घटना नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, भदौ काठमाडौं । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद्को यथाशीघ्र गठन लगायतका देशको सडक सुरक्षाको दिगो समाधानका र केही तात्कालिक महत्वका बुँदाहरू रहेका छन् । गत असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ ।त्रिशूली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन् । देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरुद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको स...
जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

ताजा अपडेट, राजनीति, समाचार
३१, भदौं काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् । ‘यस पर्वले सबै समुदायबिच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु,’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिने भएको छ ।...
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, वातावरण, समाचार
३१ भदौ, काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।‘ मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।...
संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, भदौ काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्नेछ । आजको बैठकमा स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुने छ । शुक्रबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो। प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

नदी किनाराको नयाँ मापदण्डबारे ध्यानाकर्षण गराउँदै एमाले तारकेश्वरले बुझायो मेयर महर्जनलाई ६४८५ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ३० भदौ,काठमाडौं । उपत्यकाका नदी किनारामा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसलाप्रति असहमति जनाएर पुनरावलोकनको माग गर्दै आएको नेकपा (एमाले) तारकेश्वरले नगर प्रमुख(मेयर) कृष्णहरि महर्जन समक्ष ६ हजार ४ सय ८५ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ। आज आइतबार एमाले तारकेश्वर नगर कमिटिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजु तिमिल्सिना,पूर्व मेयर रामेश्वर बोहरा,११ वटै वडा कमिटि,प्रदेश कमिटि, क्षेत्रीय कमिटि लगायत  एमाले तारकेश्वरका विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरु र प्रभावितहरु गरि करिब एक सय जनाभन्दा बढीको उपस्थितिमा नगरपालिका मै गएर मेयर महर्जन समक्ष सो हस्ताक्षर संकलनसहित ज्ञापनपत्र बुझाएको नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं  तारकेश्वर नगर कमिटिका इन्चार्ज सिताराम रेग्मीले बताए। उनले उपत्यकाका नदी किनारमा सरकारले तोकेको मापदण्ड...