राजनीति

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

ताजा अपडेट, राजनीति, समाचार
३०, भदौ काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् । सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर आफूले निर्णय लिएको बताएका छन् ।एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद सुरु भएको थियो । माओवादीले त्यहीबेला विरोध गरेपछि सभामुख घिमिरेले अध्ययन संसद सचिवालयलाई रुलिङ गरेका थिए ।...

सुरक्षा निकाय सरकारको भरोसाको केन्द्र हो : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, भदौ काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको बताएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताए । राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी...
अख्तियारका काम कारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

अख्तियारका काम कारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३०, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०र८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे । यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नि...
संसदीय सुनुवाइ समितिको बैठक स्थगित

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

ताजा अपडेट, राजनीति, समाचार
३०, भदौं काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार आज बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने समितिको बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।  ...
इन्जिनियर्स एशोसिएसन गण्डकीमा लोकतान्त्रिक समुह विजयी

इन्जिनियर्स एशोसिएसन गण्डकीमा लोकतान्त्रिक समुह विजयी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३०, भदौ काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकीको सभापतिमा लोकतान्त्रिक समुहका इ।सन्तोष जिसी निर्वाचित भएका छन् । निर्वाचनमा जिसीले ५ सय ९२ मत प्राप्त गरी सभापतिामा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिशिल समुहका इ।महेन्द्रबहादुर गोदारले ४ सय ७६ मत पाए । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन शुक्रवार भएको थियो । निर्वाचनमा लोकतान्त्रिक समुहको प्यानल नै विजयी भएको छ । एशोसिएसन गण्डकीको उपसभापतिमा इ.विशाल थापा ६६८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी इ. कृष्ण रिजालले ३९० मत ल्याए । सचिवमा इ। निरोज लामिछाने ६०६ मत सहित विजयी भए भने प्रतिद्वन्द्वी इ.आनन्द भट्टराईले ४४२ मत पाए । सहसचिवमा मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी अस्मिता खनालले ५२१ मत पाइन् । कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित निर्वाचित भएका छन् भने ...

साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै छु : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ब्यानर-२, राजनीति, समाचार
३०, भदौ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन  विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने तयारी छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन  विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...

देश र जनताका निम्ति काम गरौँ : उपराष्ट्रपति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, भदौ नवलपरासी । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन् । शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवम् पैगामे अमन सम्मेलनमा उहाँले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए। उपराष्ट्रपतिले भने, “सामाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।” देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवम् व्यवहार आवश्यक पर्ने उहाँले बताउनुभयो । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।...
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

खेलकुद, ब्यानर-२, राजनीति, समाचार
२९, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ एआइपीएस एसिया कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेल क्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेस्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा भएको उनले बताए ।...
सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री ओली

सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन् । होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए ।...