राजनीति

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, भदौं विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन् । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गरे । उनले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गरे । “नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ”, उनले भने । मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाटसमे...
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२९ ,भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वापाले जनाएको छ । पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ । समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका साथै प्रस्तावित कार्य तालिकाबारे छलफल बैठकमा हुनेछ ।...

बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, भदौ काठमाडौं । बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिनु हुँदै उनले सन्देशमा यस्तो बताएको हो । यस वर्ष बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने उनले सन्देशमा उल्लेख गरेको छ नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् ।...
नर्वे र नेपालका सांसदहरूबीच संसदीय अनुभव आदानप्रदान

नर्वे र नेपालका सांसदहरूबीच संसदीय अनुभव आदानप्रदान

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, भदौं काठमाडौं । नर्वेका सांसदहरूको एक टोली नेपाल भ्रमणमा आएको छ । उनीहरूले बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेको छ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले नर्वे र नेपालको संसदीय समितिबीच पहिलो पटक बैठक भएको बताए । उनले संसदीय कूटनीतिका रूपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले जनाएका छन् ।जलवायु परिवर्तनका प्रभावहरूको ...

कोशीमा काँग्रेसका मन्त्रीले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, भदौ विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने शेखर समूह विना कांग्रेस सरकारमा सहभागी भएको हो ।...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२८, भदौ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।...

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास,बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारण सभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे । “नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरू अस्तित्वमै नआएका बेला हाम्रो पुर्खाहरू ज्ञानविज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असङ्गठित विश्वविद्यालयका रूपमा शिवलाई मानिन्छ ।त्यस अर्...
सुवासचन्द्र नेम्वाङको स्मृतिमा अभ्यास अदालत प्रतियोगिता

सुवासचन्द्र नेम्वाङको स्मृतिमा अभ्यास अदालत प्रतियोगिता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, भदौ ललितपुर । अनेरास्ववियु केन्द्रीय कानुन तथा सङ्घीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थीले सहभागिता जनाएका छन्। प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा बुधबार ललितपुरमा अवस्थित केएमसी कलेजमा एक औपचारिक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । उद्घाटन समारोह अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता थियो भने पूर्व कानुन मन्त्री संविधान सभा सदस्य माननीय अग्नि खरेल प्रमुख वक्ताको रूपमा रहेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मा अच्युत मैनाली, नेकपा एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल लगायत ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै आउनु भएका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । अभ्...
काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
२७, भदौ काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन् । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उनले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिएका हुन् । उनले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिए । यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले भने, “यस्ता स्रोत...