राजनीति

गणेशमानको २७औं स्मृति दिवस मनाइयो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, असोज काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । सिंहका छोरासमेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । नागरिकलाई अधिकार सम्पन्न सिंहले १५ वर्षभन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको सुनाए । ‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं,’ उपप्रधानमन्त्री सिंहले भने । १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अस्वीका...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, असोज काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे अर्थ समितिको बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ ।यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था ९वित्तीय र भौतिक०, प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ ।...
मतदाता नामावली संकलन कार्य स्थगित

मतदाता नामावली संकलन कार्य स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१, असोज काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको आयोगले जनाएको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सोमबारसम्म दर्ता नामावली मात्र मान्य हुनेछ ।आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको उनले बताए । निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानूनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय समेत गरिसकेको छ ।...
जसपा नेपालले संविधान दिवसमा भाग नलिने

जसपा नेपालले संविधान दिवसमा भाग नलिने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१, असोज काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसमा भाग नलिने भएको छ । यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि दबाब दिन सो दिन विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्ने बताएका छन् । संविधान सच्याउन यसको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायतका परिवर्तनहरू गरी संविधान सबै समुदायका मानिसहरूले स्वामित्व लिन सक्ने हुनुपर्ने यादवको भनाइ छ ।...

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गर्छौँ : मन्त्री अधिकारी

कृषि, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असोज काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन् । बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए । साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे । उनले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गरे। काठमाडौँ महानगरपालिका(१४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियाका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताए ।...

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा मङ्गलबार जारी गरेको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनः जागृत गर्नुपर्नेमा जोड दिए । “पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौँ”, सन्देशमा भनिएको छ, “बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समेटिएका थ...
रास्वपाको राष्ट्रिय भेला आजदेखि

रास्वपाको राष्ट्रिय भेला आजदेखि

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१, असोज काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु हुँदैछ । आज र भोलि काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नेछन् । उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछ...
बागमती प्रदेश सभाको बैठक असोज ६ गते बस्ने

बागमती प्रदेश सभाको बैठक असोज ६ गते बस्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, असोज बागमती । बागमती प्रदेश सभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयमा दर्ता भएको तीन वटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । गत भदौ १३ गते बसेको प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो । यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ ।...
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पयाप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा भनेका छन् । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने उनको विश्वास छ । “मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्त...
मुलुक निराशाबाट आशावादी यात्रामा छ : अर्थमन्त्री पौडेल

मुलुक निराशाबाट आशावादी यात्रामा छ : अर्थमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१, भदौ बुटवल। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दावी गरे ।‘अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ,यो सरकार २०८४ को चुनावसम्म जान्छ’–पौडेलले भने–‘सरकारको स्थिरतासंगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान गएको छ ।’ विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बताए।...