राजनीति

नेकपा एसको केन्द्रीय कमिटी बैठक आइतबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आइतबार

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने जनाइएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ ।...
वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध छ : गृहमन्त्री लेखक

वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध छ : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यालय प्रमुखहरूसँगको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा आर्थिक क्षेत्रको विकास गर्न तत्पर रहेको बताए । राष्ट्रसेवक कर्मचारीलाई सरकारको यस कार्यमा सहयोग गर्न उनले आग्रह गरे । मुलुकमा संघीय तथा प्रदेश सरकार पटक पटक परिवर्तन भइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसबाट जनतामा आक्रोशसमेत बढेकाले दुई मुख्य दल मिलेर एमालेको नेतृत्वमा वर्तमान सरकार गठन भएको प्रष्ट पारे । “यसले जनताका अधिकारलाई सुनिश्चित गर्नेछ”, उनले भने सो अवसरमा उनले कर्मचारीलाई कसैको दबाबमा नपरी काम गर्न सुझाव दिए ।...
उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै आज

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडकखण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चार वटा छुट्टाछुट्टै सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।...
टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय,टिकटकसँग सरकारले के के राख्यो शर्त ?

टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय,टिकटकसँग सरकारले के के राख्यो शर्त ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७ भदौ,काठमाडौं।सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको हो।सो निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो ।त्यो कार्यान्वयनमा आउन हाम्रो शर्त पूरा गर्नुपर्छ ।’उनका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ ।त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ । टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत पनि भएका छन् ।यसका साथै थप चार शर्त पनि सरकारले राखेको छ ।पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सु...
भ्रष्टाचार नियन्त्रणमा सरकारले एक्सक्युज खोज्दैन : प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणमा सरकारले एक्सक्युज खोज्दैन : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए । ‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज ९बहाना० खोज्दैन, काम गर्छ ।’उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।...
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।...
समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए। “नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रूपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो”, राष्ट्रियसभामा काँग्रेस संसदीय दलका नेता सिटौलाले भने, “यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ ।” राजनीतिक दलहरूले गरेको संकल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको ...
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताका हुन् । ‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उनले भने ।...
त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ भन्दै संसद‍मा उठ्यो प्रश्न

त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ भन्दै संसद‍मा उठ्यो प्रश्न

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर सुरक्षा कारण देखाउँदै अनुपस्थित भएको विषयको सत्यता के हो भन्दै विषय उठान गरेका हुन् । त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ रु सरकार छ भने टीयूमा सुरक्षा देओस् । राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ‚’ उनले भने ।...