राजनीति

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।...
छुट्टाछुट्टै छलफलमा जुटे सत्ता र प्रतिपक्ष

छुट्टाछुट्टै छलफलमा जुटे सत्ता र प्रतिपक्ष

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, जेठ काठमाडौं । सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए । यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । तर विपक्षीले आफूहरूका कुरा प्रष्ट राखेको बताइरहेका छन् । राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रम मन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग सत्तापक्षसमक्ष राखेका छन् । विपक्षीको यस मागबारे निर्णयमा पुग्न सत्ता पक्ष पनि आन्तरिक छलफलमा जुटेको हो । दुवै पक्षको छलफल संसद भवन बानेश्वरमै चलिरहेको छ । सत्ता र प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेकाले सभामुखले आज...
प्रधानमन्त्री ओली म्याग्दीको नारच्याङमा

प्रधानमन्त्री ओली म्याग्दीको नारच्याङमा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका छन् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको स...
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल

माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२०, जेठ काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् । मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ । ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ ।...
संघीय संसदका दुवै बैठक बस्दै,यस्ता छन् कार्यसूची

संघीय संसदका दुवै बैठक बस्दै,यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२० जेठ, काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । र, उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका थिए । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सभाको आजको बैठकमा पनि अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सा...
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । संसद्‌मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्ण सिटौला लगायत सहभागी रहेका छन् ।...
प्रधानमन्त्री ओलीको आह्वान-‘झोले भनियो भन्दैमा सत्य अँगाल्न नछोडौँ’

प्रधानमन्त्री ओलीको आह्वान-‘झोले भनियो भन्दैमा सत्य अँगाल्न नछोडौँ’

ताजा अपडेट, राजनीति, समाचार
१९, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको अपिल छ । फेसबुकमा स्ट्याटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान् बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ ।’...
यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय

यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, जेठ काठमाडौं । गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो । प्रवक्ता तिवारीले भने, “भौतिक पूर्वाधार मन्त्रालयको सहसचिवज्यूको संयोजकत्वमा सरकारका तीन, चार वटा मन्त्रालयका प्रतिनिधि, यातायात व्यवसायका प्रतिनिधि बसेर यस संवादलाई अझ अगाडि बढाउने छलफल भएको छ ।” उनले बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवम् मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिए ।उनले भने, “कसरी सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित बनाउन सकिन्छ भन्ने छलफल गर्दै जाने र कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन गर्न भन्ने छ । अब, उहाँहरुको बैठक बसेर आन्द्योलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”...
गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित

गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्। हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत ल्याए । उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी बिपिनकुमार चित्रकारले १०२ मत पाए । सचिव पदमा भने डा. अर्जुनकुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा.इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए । महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा। दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा। लाक्पा शेर्पा, प्रचार स...
चार संसदीय समितिको बैठक बस्दै

चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१९, जेठ काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ । यसै गरी बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।...