राजनीति

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । बि.सं २०६५ जेठ १५ गते जन निर्वाचित संविधान सभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव पनि हो । संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण...
जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने : महासचिव पोखरेल

जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने : महासचिव पोखरेल

ब्यानर-१, राजनीति, समाचार
 १४ जेठ,काठमाडौं। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन भएकाले यस दिवसलाई एक महोत्सवका रुपमा मनाउन लागेको बताएका छन् ।  ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रुपमा मनाउने थालनी भएको सन्देश दिन खोजेको बताए। “संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ, ” उनले भने ,“त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गरयौ र त्यसै अनुरुप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णण गरयौं र र तयारीमा जुटेका छौ ।” साथै महासचिव पोखरेलले भोलि सास्कृतिक झाकी सहित उत्सवको रुप...
पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४, जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार बेलुका ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्री लेखकको सचिवालयले जनाएको छ। मंगलबार र बुधबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत उक्त प्रकरणबारे प्रष्टीकरण दिन लागेका हुन् ।...
स्वदेशमै केही  हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री ओली

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भने । उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।...
प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका स्थगित

प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।...
प्रतिनिधिसभा बैठक पुनः स्थगित

प्रतिनिधिसभा बैठक पुनः स्थगित

ब्यानर-१, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको संसद् सचिवालयले जनाएको छ । बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका र स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गठन गर्नु पर्ने माग गर्दै आज पनि सदनमा विपक्षी दलहरूले नारावाजी गरेका थिए । शुरुमै विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए । विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।        ...
प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगन भएको छ । करिब दुई घण्टा ढिला गरी बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन । सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्षीलाई आग्रह गरे । उनले दलीय आधारमा आफ्ना कुरा राख्न र गृहमन्त्री रमेश लेखकले समेत समय माग गरेकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे । उनको पटक पटकको आग्रहलाई समेत विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।...
यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, जेठ काठमाडौं । यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भएको छ । बुधवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले पारित गरेको कार्य योजनामा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ । यसवर्ष विपद्बाट देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । त्यस्तै, चोभार गल्छीको साँघुरो भाग बढेको कारण उपत्यकामा जनधनको क्षति हुनसक्ने आकलन गर्दै सेनाको सहयोगमा सो अवरोध हटाउने निर्णय गरिएको उपसचिव केसीले जानकारी दिए ।...
प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीले काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् । अहिले गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।...
राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने

राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने

ताजा अपडेट, राजनीति, समाचार
१४, जेठ काठमाडौं । वर्तमान व्यवस्था विरोधीको समूह संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढाइने बताएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा बुधबार जारी अपिलमा भनिएको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख छ । यसैगरी आन्दोलनको मूल उद्देश्य संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको माग रहेको उल्लेख गरिएको छ। अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फँसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरिएको छ।...