राजनीति

विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना

विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना

बिशेष, राजनीति, समाचार
१४, जेठ काठमाडौं । नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने भएको छ । सो पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले मंगलबार रणनीतिक कार्यशालाले ११ बुँदे कार्ययोजना पारित गरेको छ । विभाग प्रमुख खिमलाल भट्टराईका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन स्वयंसेवा विभाग गठन गरिनेछ । कार्यशालामा महासचिव शङ्कर पोखरेलले पार्टीका सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्न र पार्टी कमिटीहरूलाई बाढी पहिरो र डुबानबाट हुन सक्ने जोखिमको न्यूनीकरणका निम्ति पूर्व तयारी, सचेतना तथा उद्धार र राहतका कार्यहरूमा जुट्न निर्देशन दिएका छन् ।...
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

अर्थतन्त्र, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१४, जेठ बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १:०० बजे हुने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।  आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बताए । यसअघि प्रदेश सभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।...
‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’ : प्रदेश प्रमुख भट्ट

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’ : प्रदेश प्रमुख भट्ट

ताजा अपडेट, राजनीति, समाचार
१४, जेठ काठमाडौं । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताए । आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उनले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताए । मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पुर्‍याएको योगदानको चर्चा प्रमुख भट्टले गरे । मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिका...
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, जेठ काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । मंगलवार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ । यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्नेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । यसैगरी, प्रतिनिधि सभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले...
प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, जेठ काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् । बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।...
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे

हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे

ताजा अपडेट, राजनीति, समाचार
१३, जेठ काठमाडों । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको बताएका छन् । एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री पाण्डेले भने “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।” उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरेका हुन्। “उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,” मन्त्री...
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, जेठ काठमाडौं । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए । सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गदै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए । मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क...
संसद् बैठक स्थगित

संसद् बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, जेठ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । विपक्षी दलहरूले स्वतन्त्र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग समितिको माग गर्दै नारावाजी गरिरहे । विपक्षी दलहरूको अवरोधका बीच सभामुख देवराज घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए । तर, विपक्षी दलका सांसदले नारावाजी सुरु गरेपछि सभामुखले उनलाई आशन ग्रहण गर्न लगाए । र, बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे ।...
अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
राप्रपाले बोलायो संसदीय दलको बैठक

राप्रपाले बोलायो संसदीय दलको बैठक

ताजा अपडेट, राजनीति, समाचार
१३, जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलवार दिउँसो साढे १० बजे संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल बताएका छ ।