राजनीति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, जेठ काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे समितिको बैठकमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, जेठ काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले आज वडाध्यक्षहरुको भेला बोलाएको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ । भेला आज र भोलि दुई दिन सञ्चालन हुनेछ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षहरुबाट एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्दै उनीहरुमा भएका अस्पष्टता र भ्रम चिर्ने प्रयास स्वरुप भेला बोलाइएको बताइएको छ । बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईले पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाध्यक्षहरुको भेला बोलाइएको जानकारी दिए ।...
सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, वातावरण, समाचार
११, जेठ काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।...
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न गरेको छ । धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै सो पार्टका सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् । विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए । यही जेठ महिनाभित्र जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए । निर्वाचन आयोग अध्यक्ष डा।सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ । ठूला जनसङ्गठनको १५१ केन्द्रीय कमिटी र साना जनसङ्गनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन ...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, जेठ काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज (आइतबार) दिउँसो २ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने एमालेले जनाएको छ।
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा

संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, जेठ काठमाडौं । जेठ ११ र १२ गते सात वटै प्रदेशमा आयोजना हुने “संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी” विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरू आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन् । छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचार विमर्श हुने संसद् सचिवालयले जनाएको छ । कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन् । यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफलमा सहभागी हुनेछ ...
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।...
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : ‘प्रचण्ड’

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : ‘प्रचण्ड’

ताजा अपडेट, राजनीति, समाचार
९, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन् । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए । माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।...
लागु औषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री

लागु औषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर लागु औषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रबार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले लागु औषधको नियन्त्रण जरुरी रहेको बताए । उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झण्डै सात जनाको ज्यान जाने गरेको जानकारी दिए । उनले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । उनले लागु औषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।...
परराष्ट्र मन्त्री डा.राणा र जाइकाका अध्यक्ष अकिहिकोबीच भेटवार्ता

परराष्ट्र मन्त्री डा.राणा र जाइकाका अध्यक्ष अकिहिकोबीच भेटवार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
९, जेठ काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा।तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा मन्त्री डा।राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।...