राजनीति

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
९, जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ । बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।...
नकारात्मक सोच र विचारले देश बन्दैन : परराष्ट्रमन्त्री

नकारात्मक सोच र विचारले देश बन्दैन : परराष्ट्रमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, जेठ काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुने बताइन् । उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि च...
बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, जेठ काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगेरनपुगेकोबारे स्पष्ट भइसकेको छैन ।...
विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छ : सांसद श्रेष्ठ

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छ : सांसद श्रेष्ठ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, जेठ काठमाडौं । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताएका हुन् । उनले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिए । विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उहाँले नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको बताए । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गरे । उनले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गरे ।...
पदमार्गमा अब देशभरि एउटै मापदण्ड लागु हुने

पदमार्गमा अब देशभरि एउटै मापदण्ड लागु हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, जेठ काठमाडौं । नेपालभरि निर्माण गरिएका पदमार्गको मापदण्ड अब एउटै हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरिका पदमार्ग एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको हो । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड लागु गर्ने निर्णय गरेको हो । बैठकले पर्यटन विकासका लागि विभिन्न निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी ठानिएको होमस्टे सञ्चालन मापदण्ड समेत सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्र...
पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

ताजा अपडेट, राजनीति, समाचार
८, जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुन सकेन । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण रिटको पेसी तोकिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।...
निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित, सामान्य प्रशासन मन्त्रालयमा धर्ना

निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित, सामान्य प्रशासन मन्त्रालयमा धर्ना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, जेठ काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा-सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै बुधवारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना सुरु गरेका छन् । निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको स्पष्ट मार्गचित्र नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा–सुविधामा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोध जनाएका छन् ।...
लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई ज्ञापनपत्र

लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई ज्ञापनपत्र

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्रविरुद्ध नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले जनाएका छन् । नेपालीका अनुसार नेपालको ऊर्जा क्षेत्रमा बिचौलियाहरूको प्रवेश लाई सहज हुने गरी बनाइएका नीति नियमहरू खारेज गर्नुपर्ने, अघोषित लोडसेडिङ गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने काम बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरण बन्द गर्नुपर्ने लगायत छन् ।...
श्रमिकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रबाटै लिनुपर्ने प्रस्ताव

श्रमिकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रबाटै लिनुपर्ने प्रस्ताव

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
८, जेठ काठमाडौ । बाहिरी मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ । उक्त प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य सुगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गरे । यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी ग...
आज चार संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, जेठ काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बीच छलफल हुनेछ । यसैगरी प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ । यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११...