गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित
१९, जेठ काठमाडौं । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्। हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत ल्याए । उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी बिपिनकुमार चित्रकारले १०२ मत पाए । सचिव पदमा भने डा. अर्जुनकुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा.इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए ।
महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा। दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा। लाक्पा शेर्पा, प्रचार स...









