राजनीति

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
१, जेठ काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् । १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार राति काठमाडौं आएका उनी नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा सहभागी हुनेछन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए । उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट गर्नेछन् । सियाओको सम्मानमा उपसभ...
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१, जेठ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।...
गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गदै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरेका हुन् । “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस् ।”, प्रधानमन्त्री ओलीले भने, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता ...
प्रेस चौतारीको प्रशिक्षण वर्ष–२०८२ को लोगो सार्वजनिक

प्रेस चौतारीको प्रशिक्षण वर्ष–२०८२ को लोगो सार्वजनिक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारीले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ । जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे । झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्’, ओलीको भनाइ छ । कार्यक्रममा अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्र...
हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध

ताजा अपडेट, राजनीति, वातावरण, शिक्षा, समाचार
३१, वैशाख काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो । ‘विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।...
अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता

अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैँकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति

सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जबाफदेही बन्नु आवश्यक रहेको बताए “सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जबाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु”, राष्ट्रपति पौडेलले भने ।...
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरू प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो । संवादको तयारी व्यापक रूपमा अगाडि बढिरहँदा केही सरोकारवालाहरू भने संवादले जलवायु सङ्कट व्यवस्थापनमा लगानीको जोहो हुनसक्ने भन्दै उत्साहित देखिन्छन् । तर केही सरोकारवालाहरूले भने प्रत्यक्ष रूपमा लगानीको प्रतिबद्धता नआए पनि कूटनीतिक सम्बन्ध बढ्न सक्ने र भविष्यमा नेपालले अन्तर्राष्ट्रिय जलवायु कोषमा सहज पहुँच स्थापित हुन संवादले सहयोग गर्न सक्ने बताएका छन् । जलवायु न्यायको सुनिश्चितताका लागि ठोस लगानी आवश्यक पर्ने भन्दै नेपालले अन्तर्राष्ट्रिय समुदायबाट लगानीको अपेक्षासमेत गरिरहेको छ । य...
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र शुभकामना आदानप्रदान प्रदेशसभा सदस्यहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।...
६ जेठमा संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

६ जेठमा संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । आगामी ६ जेठमा संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराएका हुन् । प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ । नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।...