राजनीति

स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ

स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ

ताजा अपडेट, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उनले अब युवा केन्द्रित नीति जरुरी भएको भनाइ राखिन् । कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ । यद्यपि छिटफुटमा केहीँकतै समावेश भने गरेको छ । त्यसबाहेक युवालाई स्वदेशमै रोक्न पनि उत्तिकै जरुरी रहेकाले त्यसका लागि पनि प्रभावकारी नीति आवश्यक भएको उनको बुझाइ छ ।...
‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो’ : पर्यट मन्त्री पाण्डे

‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो’ : पर्यट मन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गरेका छन् । सोमबार २५६९ औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो । बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ ।’’ उहाँले बुद्ध करुणा, ज्ञान, सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको बताए। मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गर...
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली

भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताएका छन् । साथै उनले सम्भावित लडाइँबाट दुवै देश पन्छिएकोमा धन्यवाद दिएका छन् । दुई देशबिच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।  ...
कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ

कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताएका छन्। सोमबार सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो उद्घाटन र रेडियो नेपाल प्रादेशिक प्रसारणबाट खस भाषाबाट समाचाार सुभारम्भको उद्घाटन गदै कर्णाली प्रदेश सुनिने मात्र नभएर देखिने गरी विकास गर्ने बताएका हुन् । उनले भने, ‘‘अहिलेसम्म कर्णाली सुनिने मात्र होइन्, विकट छ भन्ने मात्र होइन । पूर्वाधारमा बलियो बनाउछौँ । जनताले चाहे जसरी कर्णाली देखिने गरी विकास गछौँ ।’’ उनले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने पनि बताए । उनले सरकार सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै राष्ट्रिय एकताको प्रवर्धनमा पनि काम गरिरहेको बताए । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचा...
‘विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो’:प्रधानमन्त्री ओली

‘विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो’:प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् । लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका हुन् । ‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्ध भूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ’ उनले भने । विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको अवस्थामा त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने ओलीले बताए ।...
गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गदै सो कुरा बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रहवैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि(संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको त...
लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२९, वैशाख बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ । बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।  ...
‘न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ’ : प्रधानमन्त्री

‘न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ’ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय सभाको हिजोको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित र सम्मानजनक रूपमा बाँच्न पाउनुपर्ने भएकाले कुनै पनि प्रकारका भेदभाव नहुने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा त्यो लक्ष्य हासिल गरिने बताए । प्रधानमन्त्रीले संविधानको धारा २७० अनुसारको हक सबै नेपालीले प्राप्त गर्ने र त्यसआधारमा कसैमाथि अन्याय नहुने पनि बताए । उनले कसैलाई अत्याचार गर्ने विषय सरकारले सोच्न नसक्ने बताए । लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प...
सञ्चार क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग

सञ्चार क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । प्रेस सेन्टर नेपालले सञ्चार क्षेत्रमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको छ । आइतबार सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टर नेपालले यस्तो माग राखेको हो । ‘तीनै तहमा सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरियोस्’ आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न पनि सेन्टरले माग गरेको छ । सञ्चारमाध्यम दर्ता प्रक्रियालाई सरल बनाउन आग्रह गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘एकपटक दर्ता भइसकेपछि अन्य निकायमा पुनः दर्तारनवीकरण गर्नुपर्ने झञ्झटिलो व्यवस्था खारेज गरेर सहज रूपमा दर्ता गर्ने प्रबन्ध गरियोस् ।’ संघीय सरकारको नीति तथा कार्यक्र...
प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाको बहुमतबाट पारित भएको छ । सभामुख देवराज घिमिरेले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।...