राजनीति

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका कर्मचारी एउटै हुने व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ । “सार्वजनिक ऋण अहिले २६ अर्बभन्दा बढी पुगेको छ । राजस्वले साधारण खर्च धान्ने अवस्था छैन । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ”, सांसद खतिवडाले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने निवास फरक रहने अवस्था भयो भने यसले खर्च कटौतीमा सहयोग पुग्छ ।” राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको जिम्मेवारीमा समेत रहनुभएका खतिवडाले सरकारसँग संसद्लाई ‘बिजनेस’ दिन माग ...
नयाँ ढङ्गले मल कारखाना खोलिने छ

नयाँ ढङ्गले मल कारखाना खोलिने छ

ताजा अपडेट, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएका हुन् । उनले नयाँ विधिबाट फोहोरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गरे ।...
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री

भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने बताएका हुन् । ‘...
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

ताजा अपडेट, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा संवाद“ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालाई हस्तान्तरण गरे । समारोहमा मन्त्री डा। राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भनिन्, “जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।” उनले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको उजागर गर्नुका साथै त्यसको समाधानका उपाय खोज्न सामूहिक प्रयासको ...
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान

जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ । आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो । आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो । जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो । उक्त दिनको आन्दोलन सफल बनाउन आवश्यक कार्यक्रम तय गर्न आइतबार बैठक बसेको जनाइएको छ । ‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने,’ आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘क...
‘पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको छ’: प्रधानमन्त्री

‘पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको छ’: प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिवर्तन नगरी अघि बढ्न नसकिने दोहोर्‍याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए । “त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखा परेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो । थालनी भएका आयोजना रोकिने स्थिति रहनु हुँदैन”, प्रधानमन्त्रीले भने । थालेको काम स...
विदेशका नेपालीलाई सोबिताको आह्वान- ०८४ मा फर्कने अभियान बनाउनुस्

विदेशका नेपालीलाई सोबिताको आह्वान- ०८४ मा फर्कने अभियान बनाउनुस्

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन् । शनिबार दोलखाको जिरीमा आयोजित संगठन सवलीकरण तथा जागरण अभियानलाई सम्बोधन गर्न पुगेकी सांसद गौतमले विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गराउन सरकारले बेवास्ता गरेकोप्रति आपत्ति जनाइन् । ‘यतिबेला सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर भनेर राज्यलाई निर्देशन दिएको छ । तर, सरकारले सुने पनि नसुनेजस्तो गरेर बसेको छ,’ गौतमले भनिन् । विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाउँदा रास्वपाको मत बढ्छ भन्ने डर वर्तमान गठबन्धनका दलहरूलाई रहेको सांसद गौतमको जिकिर छ । ‘उहाँहरूलाई थाहा छ भोलि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाइयो भने त्यो भोट रास्वपालाई नै जाने हो भनेर...
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै जातिको अधिकारको सुनिश्चित गरेको बताएका छन् । हिजो यहाँ नेपाल शेर्पा सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले संविधान संशोधन गर्ने भनिए पनि बाहिर हल्ला भएजस्तो कुनै पनि विषयमा टुङगो नलागेको बताए । मन्त्री गुरुङले भने, ‘संविधान संशोधन गर्ने भनेका छौँ तर कुनै समुदायलाई हानी गर्ने किसिमले त्यो गरिँदैन, गरिनुहुँदैन । संविधानसभामार्फत निर्माण भएको संविधानले जसरी सबै जातजाति र समुदायको भावनालाई समेटेको छ, त्यही नै कायम रहन्छ । केही राजावादीले गरिरहेको हल्लामा सत्यता छैन, उनीहरूले राजा ल्याएर एउटा धर्मको राज्य बनाउने सपना नदेख्दा हुन्छ ।’ उनले समानुपातिक प्रणालीकै कारण सबै जातजातिको प्रतिनिधित्वसुनिश्चित भएको भन्दै यो प्रावधानले राज्य सञ्चालनमा अस्थिरता ल्याएको भन्ने तर्क सही नरहेको ध...
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको शनिबार ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । “लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उनले भने । लोकतन्त्र र प्रेस स्वतन्त्रताबिच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “अनलाइनबाट गलत...
‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौँ’:अर्थमन्त्री पौडेल

‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौँ’:अर्थमन्त्री पौडेल

ताजा अपडेट, राजनीति, समाचार
२७, वैशाख काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आज आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्व बजेट छलफलमा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताएका हुन् । बजेट प्रणालीमा समस्या रहेकाले समाधानका लागि हस्तक्षेपकारी नीति अवलम्बन गरिने उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक बनाउन प्रयास गर्ने र कार्यान्वयन सुनिश्चितसहितको बजेट ल्याउने उनले बताए । अर्थतन्त्रका परिसूचकहरू सुधार हुँदै गए पनि विगतमा स्रोत व्यवस्थापनको खाडल देखिएकाले त्यसलाई पुर्न केही समय लाग्ने उनले बताए । बजेट प्रणालीलाई मार्गदर्शन गर्ने महत्त्...