राजनीति

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

ताजा अपडेट, राजनीति, समाचार
२७, वैशाख काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । बाग्मती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताए । आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताए । उपप्रधानमन्त्री सिंहले वाग्मतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए ।...
जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा उपराष्ट्रको जोड

जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा उपराष्ट्रको जोड

ताजा अपडेट, राजनीति, समाचार
२७, वैशाख ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताएका छन् । साथै उनले जलवायु संकट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । “जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन पत्रकारहरूको सक्रियता आवश्यक छ । सत्य तथ्यमा आधारित समाचार सामग्रीहरूको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,” उनले भने । जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरूमाथि निगरानी बढाउने, वाता...
स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, वैशाख काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार हुन् भन्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै उनले भने “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।” मन्त्री डा। राणाले नागरिकको वाक तथा अभिव्यक्ति एवम् प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्त्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरे । त्यसैले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उनले भने “सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हकअन्तर...
‘सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ’: प्रधानमन्त्री

‘सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ’: प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२७, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए । ‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रूपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्य मण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तारमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने...
भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, वैशाख काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्नरगराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।...
पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग

पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२६, वैशाख काठमाडौं । प्रतिनिधि सभा सांसद तथा रास्वपा नेतृ सुमना श्रेष्ठले भारत र पाकिस्तान तनाव सृजना भएकोले पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छिन् । परराष्ट्रमन्त्री माननीय डा आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् । विगतका केही दिनदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त स्थिति बनेको छ । पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन्, उनको पत्रमा लेखिएको छ ।...
भारत–पाकिस्तान तनावबाट जोगिने तयारीबारे सांसदले मागे सरकारको जवाफ

भारत–पाकिस्तान तनावबाट जोगिने तयारीबारे सांसदले मागे सरकारको जवाफ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, वैशाख काठमाडौं । सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने बताए । नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकारले कुनै तयारी गरेको छ कि छैन भन्दै उनले तयारीबारे सरकारले छलफल गर्नुपर्ने र त्यसबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताए ।...
नेपाल भारत नाकामा परिचय खुलेमा मात्र प्रवेश

नेपाल भारत नाकामा परिचय खुलेमा मात्र प्रवेश

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, वैशाख काठमाडौं । दक्षिण एसियाका दुई शक्तिशाली देशहरू भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् । सो क्रममा यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा सुरक्षा कडाइ बढाउँदै नेपालगन्ज नाकाबाट आवागमन गर्नेहरूका लागि सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको जनाउँदै परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिएको बताए । उनले परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको पनि बताएका छन् । यसअघि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल (एसएसवी) ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरू...
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, वैशाख काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैंसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका थिए । भेटमा मन्त्री लेखकले भारतको जम्मू–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।...
शंकर पोखरेलले भने ‘समृद्धिको जिम्मेवारी युवाको काँधमा’

शंकर पोखरेलले भने ‘समृद्धिको जिम्मेवारी युवाको काँधमा’

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२६, वैशाख काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा हिजो पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् । एमालेले पार्टीका सबै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसबाट नयाँ चिन्तन भएका युवापुस्ताको विकास हुने विश्वास व्यक्त गरे । कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा उनको जोड थियो । मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भने, “देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन राष्ट्रिय शक...