राजनीति

भ्रष्टाचार देशकै साझा समस्या हो : सांसद गैरे

भ्रष्टाचार देशकै साझा समस्या हो : सांसद गैरे

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२५, वैशाख काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन देशको साझा समस्या बन्न पुगेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद गैरेले भ्रष्टाचार र कमिसन कुनै एक दलको मात्र नभई सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका हुन् । यो समस्या समाधान गर्न सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । उनले सत्ता र प्रतिपक्षी दलले एकअर्कालाई आरोप लगाएर मात्र यो समस्या परास्त गर्न नसकिने भन्दै सबैले आत्मसाथ गर्नु पर्ने धारणा राखे । ‘एकले अर्कालाई आरोप–प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो,’ उनले भने ।...
प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँ : स्वास्थ्यमन्त्री

प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँ : स्वास्थ्यमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, वैशाख काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताए । स्वास्थ्य मन्त्री पौडेलले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको जानकारी दिए। उनतले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानुनमा भए पनि कार्यान्वयन हुन नसकेको बताए । नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताए । ‘‘हामीले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट निर्धारण गरेर अघि बढ्न सकेका छैनौँ । थुप्रै काम गरेका...
प्रतिनिधि सभा बैठक आकस्मिक समय : रासायनिक मल अभाव हुन नदिन माग

प्रतिनिधि सभा बैठक आकस्मिक समय : रासायनिक मल अभाव हुन नदिन माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, वैशाख काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रिया अनियमिता भएको आरोप लगाउँदै छानबिन गर्न माग गरेका छन् । उनले भने, “आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ । यसबारेमा छानबिन गर्नुपर्छ ।” उनले सो जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।  ...
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२५, वैशाख काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताए । उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने बताए । गृहमन्त्री लेखकले भने, ‘यसपालि दसै महिनामा सरकार फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरू व्यहोर्छौँ । त्यसो भएको हुनोले १० महिना धेरै भएन ।’गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताए । उनले कानूनको अपूर्णताका कारण कामहरू अवरुद्ध भएको बताए । ९ महिना यताको समयमा आफूहरूले कानूनलाई पूर्णता दिएको उनको भनाई थियो ।...
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

ताजा अपडेट, राजनीति, समाचार
२५, वैेशाख काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ । विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो । ठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि ९आईटी० र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष तीनदेखि पाँच जनाको नाम विभागका पठाउन निर्देशन गर्ने र ती जनशक्तिको परिचालनको संयोजनको जिम्मेवारी विभागका सदस्य नारायण खरेललाई दिने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले विभागको वेभसाईट अद्यावधिक गर्ने कामको संयोजन गर्न विभागका सदस्य प...
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री

नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोग कम भएपनि उन्मुलन भइनसकेको बताएका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्रीले भने, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ छ । ‘हाम्रो देशमा कुष्ठ रोग उन्मुलन भएको छैन । मधेस, लुम्बिनी र कोशी प्रदेशमा अलि बढी असर रहेको छ’,प्रधानमन्त्रीको भनाइ छ । उनले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी भएको पनि बताए...
दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, वैशाख काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने सचिवालयले जनाएको छ । यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।...
स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

ताजा अपडेट, राजनीति, समाचार
२४, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गदैँ पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताए । राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे। उनले भने, ‘‘त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक ...
प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव

प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, वैशाख काठमाडौं । प्रतिनिधिसभाले पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो । नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्य तथा २०५६ सालमा प्रतिनिधिसभा भएका थिए । उनी सञ्चार र शिक्षा मन्त्री पनि भएका थिए । नेपालको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा मंगलबार निधन भएको थियो ।...
अब नोट बाहेकका सबै छपाइका काम नेपालमै : सञ्चारमन्त्री गुरुङ

अब नोट बाहेकका सबै छपाइका काम नेपालमै : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् । बुधबार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको जानकारी गराए । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ । ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यान पावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ । अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ,’ उनल...