एमालेले स्थायी स्कुल सञ्चालन गर्ने
२४, वैशाख काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवल र नेपालगञ्जमा पार्टी कार्यकर्तालाई वैचारिक रूपमा स्पष्ट गर्न स्थायी रूपले स्कुल सञ्चालन गर्ने भएको छ ।
प्रदेश पार्टी स्कुल विभागद्वारा आयोजित पार्टी सञ्चालनसम्बन्धी दुई दिने कार्यशाला गोष्ठीले सो सम्बन्धी निर्णय गरेको हो । आगामी साउन ७ गते पुष्पलाल जन्म जयन्तीको अवसर पारेर औपचारिक प्रारम्भ गरिने कुराको घोषणा पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गरेका छन् ।
पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले स्कुलका लागि तीन तहको स्कुल र चार तहको पाठ्यक्रम बनाइएको जानकारी दिँदै जिल्ला कमिटीले आधारभूत तह, प्रदेशले माध्यमिक तह र केन्द्रले उच्च तहको प्रशिक्षण दिने गरी तयारी गरिएको बताए । यसबाहेक पनि अध्ययन, अनुसन्धान र नीतिसम्बन्धी पनि प्रशिक्षणको व्यवस्था गरिएको छ ।पार्टीले अबदेखि आधारभूत तहको प्रशिक्षण नलिएको का...









