राजनीति

संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

ताजा अपडेट, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ । आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।...
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।...
शिक्षा समिति बैठक बस्दै

शिक्षा समिति बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ। दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।...
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् । संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ । राष्ट्रिय सभामा आज र भ...
‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याइन्छ’

‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याइन्छ’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय निरूपण गर्न प्रयासरत रहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार द्वन्द्वपीडित एवं अभियन्ता देवी खड्कासहितका प्रतिनिधिसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले मानवताविरुद्धका घटनामा संलग्नलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  उनले १० बर्से सशस्त्र द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसको प्रक्रियामा अविश्वास नगर्न पनि सरोकारवालासँग आग्रह गरे । प्रधानमन्त्री ओलीले राजनीतिक असमझदारीका कारणले सङ्क्रमणकालीन न्यायको प्रक्रिया लामो समय लिएको स्पष्ट पार्दै बलात्कार जस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपू...
कर्णाली प्रदेश : जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजारभन्दा बढी योजना

कर्णाली प्रदेश : जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजारभन्दा बढी योजना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२२, वैशाख सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम सुरु भएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले २५७ योजना अझै सम्झौताको क्रममा रहेको जनाएको छ । रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वयनमा सबैभन्दा कमजोर देखिएका छन् । रुकुम पश्चिममा १६४ योजनामा ११७ योजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा १६१ योजनामा १२४ योजना सम्झौता भएका छन् । रुकुम पश्चिमको भौतिक प्रगति २० प्रतिशत र सुर्खेतको २५ प्रतिशत मात्र छ । दैलेखमा हालसम्म १४५ मा १२० योजना सम्झौता भई काम भइरहेको छ भने २५ योजना सम्झौता हुन बाँकी छ । जुम्लामा १०४ योजनामा हालसम्म ८७ योजनाको सम्झौता भएर काम जारी छ । कालिकोटमा १५० योजनामा १३१ योजना सम्झौता भएका छन् । सल्यानमा...
खानेपानीकै लागि बस्ती सानुपर्ने अवस्थाको अन्त्य गर्छौं : मन्त्री यादव

खानेपानीकै लागि बस्ती सानुपर्ने अवस्थाको अन्त्य गर्छौं : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, वैशाख काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताएका छन् । आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए । ‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ,’ उनले भने । यसैगरी उनले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हा...
संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत

संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, वैशाख काठमाडौं । राष्ट्रिय सभाको आज (आइतबार) को बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे। यसअघि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चार मन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको उपस्थितिमा कोरम पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको छ। उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ। यसमा सबै सदस्य उपस्थिति नभएमा वा उपदफा ६ बमोजिम...
सबै संघीय अस्पतालको सेवा तथा शुल्कमा एकरुपता ल्याउन ऐन बनाउने तयारी

सबै संघीय अस्पतालको सेवा तथा शुल्कमा एकरुपता ल्याउन ऐन बनाउने तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ वैशाख, काठमाडौं । संघीय अस्पतालको सेवा तथा शुल्कमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत विधेयक ल्याउने तयारी गरेको छ । मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएको छ । अस्पतालपिच्छे रहेका विकास समितिमा भएका सेवा शुल्ककको भिन्नता, खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियामा एकरुपता ल्याउने गरी ऐन बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल संघीय अस्पतालहरूमा भएका बेग्ला(बेग्लै समिति अस्तित्वमा हुँदा एकै खालका संघीय अस्पतालहरूमा फरक नियम हुने र फरक सेवा शुल्क लिने गरिएको छ । यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ । अस्पत...
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थियो ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।...