राजनीति

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे । त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।उनको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ । त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ ।...
शिक्षक आन्दोलनमा पुगे माधव नेपाल र झलनाथ खनाल

शिक्षक आन्दोलनमा पुगे माधव नेपाल र झलनाथ खनाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् । सोमबार नेपाल र खनालसहित अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।...
प्रदीप ज्ञवालीको टिप्पणी : ‘शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तन जस्तो लाग्न थाल्यो’

प्रदीप ज्ञवालीको टिप्पणी : ‘शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तन जस्तो लाग्न थाल्यो’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका लागि हो कि भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको औंल्याएका छन् । ‘शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिनरसुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । उपमहासचिव ज्ञवालीले संविधान बनेपछि माओवादी नेताहरूले नै धेरै शिक्षा मन्त्रालय सम्हालेको स्मरण गराएका छन् । ऐन आजको आजै चाहियो भन्दा नबन्ने जोखिम हुने उपमहासचिव ज्ञवालीको तर्क छ । ‘विधेयकलाई अन्तिम रूप दिन सांस...
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति

सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको अर्यालले आरोप लगाएका हुन् ।उनले भने, ‘विभिन्न माग राख्दै विभिन्न पक्ष सडकमा छन्, तर सरकारले त्यो आन्दोलनलाई देख्दैन । सरकार दमन र शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो शिक्षकहरूमाथि भएको दमनबारे रास्वपाले सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ खेद प्रकट गर्दछ ।’...
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ । कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकतान्त्रिक सरकारले आन्दोलनरत पक्षमाथि दमन नभएर उनीहरूको माग सम्बोधनमा ख्याल गर्नुपर्ने बताए । नेकपा एमालेका सांसद सूर्य थापाले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूको ध्यानाकर्षण आग्रह गरे । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको भनेर सरकारको ध्यानाकर्षण गरे । र...
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा

सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, र्वैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आ।व। ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए । उनले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जिकिर गरे । सभापति देउवाले भने, ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यस कारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ । मलाई विश्वास छ । आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’...
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन : अध्यक्ष ठाकुर

शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन : अध्यक्ष ठाकुर

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उनको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताए ।...
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ। आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ु पेस गर्ने कार्यसूची छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ।...
‘मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेले प्रमाणित गरेर देखाउनुस्’

‘मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेले प्रमाणित गरेर देखाउनुस्’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, वैशाख काठमाडों । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताए । देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए ।  ...
प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते

प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, वैशाख काठमाडों । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । शान्तिपुर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्द शिक्षाकर्मीमाथी लाठ्ठी प्रहार गरेको उनले बताएका छन । ऐन माग्न आएका शिक्षक कर्मचारीमाथी बन्दुक उपहार प्रदान गरेको पनि पनि उनले बताए । आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्र...