वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् : प्रधानमन्त्री ओली
२९, चैत काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्कीका बोतल चोरेर हिँड्नेहरुले क्रान्ति नगर्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरु भएको भन्दै उनीहरु अलिअलि मान्छे देख्दा हौसिने गरेको बताए ।
‘प्रतिगमनका हल्लाहरु छन् । अलिअलि मान्छे देख्यो भने हौसिन्छन् । अनि क्रान्ति गरेको रे १ कस्तो क्रान्ति भन्दा मान्छेका घरमा आगो लगाएको छ, मान्छे मारेको छ, तोडफोड गरेको छ, ढुंगा हानेको छ, कसको घरमा ढुंगा हानेँ थाहा छैन । पसल लुटेको छ’, प्रधानमन्त्रीले भने, ‘वियरका वोतल लिएर भाग्नेहरुले क्रान्ति गर्छन् ? ह्वीस्कीका वोतल चोरेर भाग्नेहरुले क्रान्ति गर्छन् ? त्यस्ताले क्रान्ति गर्ने ? समाजमा परिवर्तन गर्ने ? उपद्रो गर्ने जिम्मा नलिने रु कोहीले जिम्मा लिनुपर्दैन ? ’ उनले प्रतिगमनकारीले त्रास र आतंक फैलाउने काम...









