राजनीति

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छ : ऊर्जामन्त्री खड्का

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छ : ऊर्जामन्त्री खड्का

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, चैत काठमाडों । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गदै उनले यस्तो बताएका हुन् । उनले १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरू अघि बढाइरहेको बताए । उनले दुई ठुला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने भनाइ व्यक्त गरे । मन्त्री खड्काले पछिल्लो समय जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गर्नुभयो । विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताए । उनले अहिले ऊर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको ...
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

ताजा अपडेट, राजनीति, समाचार
२७, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।
उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, चैत जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । हिजो मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए । उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे । ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो...
राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२६, चैत काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ । उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही मान्छेहरुलाई नियन्त्रणमा लिएको बताए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।...
उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए । उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे । ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।...
वामपन्थी एकता असम्भव छैन : ‘प्रचण्ड’

वामपन्थी एकता असम्भव छैन : ‘प्रचण्ड’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, बहस, विवाद र संघर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएको बताएका छन् । प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गरेका छन् । उनले भने, ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ। दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ। र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन । हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ ।’ उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए। अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाए।...
गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट

गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, चैत काठमाडौं । नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन आजबाट प्रदेशस्तरीय जागरण सभा गर्दैछ । आजदेखि कर्णालीको सुर्खेतबाट प्रदेशस्तरीय जागरण सभा सुरु हुन लागेको नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए । गणतन्त्रको पक्षमा सचेतना फैलाउन एमालेले चैत ११ मा वडा र १८ गते जिल्लास्तरीय जागरण सभा गरिसकेको छ । त्यसैको निरन्तरता स्वरुप आजदेखि प्रदेशस्तरीय सभा हुँदैछ’,अधिकारीले भने,‘कर्णालीको सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल त्यसतर्फ गइसक्नुभएको छ ।’ त्यसै गरी एमालेले चैत २९ गते सुदूरपश्चिम र लुम्बिनी तथा ३० गते कोशी र गण्डकी प्रदेशमा जागरण सभा आयोजना गर्दैछ ।...
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२६, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे मधेश प्रदेश जनकपुरधाम पुग्नेछ । त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यस्तै उनले आजै शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने आजै सिरहामा सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।...
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, चैत काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा ५६ औँ समितिको बैठक बस्न लागेको हो । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
आज राप्रपाको प्रदर्शन : काठमाडौँका यी सडकमा डाइभर्सन र पार्किङको व्यवस्था

आज राप्रपाको प्रदर्शन : काठमाडौँका यी सडकमा डाइभर्सन र पार्किङको व्यवस्था

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकाल्दै बल्खुमा कार्यक्रम गर्ने गरी राप्रपाले तयारी गरेको छ । उक्त प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसिबजार मकालु कलंकी चोक बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक कुलेश्वरकालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर सुन्दरीघाटसानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ । आवश्यक परेको खण्डमा त्रिपुरेश्वर(बालाजु(हलचोक(नैकाप हुँदै सितापाईला र चोभार(फर्पिङ(नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ । कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्द...