राजनीति

आज जनआन्दोलन दिवस मनाइँदै

आज जनआन्दोलन दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, चैत काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनर्स्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनर्स्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो ।...
रवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२५, चैत काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।...
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री मर्माहत

वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री मर्माहत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनको खबर सुनेर मर्माहत भएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमा लेख्दै पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले पत्रकार रिसालसँग फागुण २१ भेट भएको स्मरण गर्दै त्यही भेट अन्तिम हुन पुगेको बताएका छन् । दिवङ्गत रिसालको ९६ औँ जन्मदिनको अवसरमा भएको भेटघाटको तस्बिर सहितसहित पोस्ट गरिएको स्टाटस्मा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो । उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, चैत काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशीघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेको हो । “यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तर पुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यबद्धता जनाउन चाहन्छ”, पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।...
स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

ताजा अपडेट, राजनीति, समाचार
२५, चैत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए । मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगले जनाएको छ ।...
प्रधानमन्त्रीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि माग

प्रधानमन्त्रीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीसहित जिल्लाका बौद्धिक समुदायका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले क्याम्पसका आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट विनियोजनमा प्राथमिकता दिन आग्रह गरेको हो । प्रधानमन्त्रीसमक्ष मागपत्र प्रस्तुत गर्न पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरू गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द...
श्रम शोषणविरुद्ध सडकमा उत्रिए डाक्टरहरू

श्रम शोषणविरुद्ध सडकमा उत्रिए डाक्टरहरू

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, चैत काठमाडौं । श्रम शोषण भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । सरकारले पारित गरेको न्यूनतम तलब दिनुको साटो आफूहरूलाई कलेजले १९ हजार ५०० मात्र दिएर श्रम शोषण गरिरहेको उनीहरूको आरोप छ ।...
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति

ताजा अपडेट, राजनीति, समाचार
२४, चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । “पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । “भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पुर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवर्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भने । उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको ब...
शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई कोइरालाको सुझाव

शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई कोइरालाको सुझाव

ताजा अपडेट, राजनीति, समाचार
२४, चैत काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू अहिले सडक आन्दोलनमा छन् । आन्दोलन चर्किँदै जाँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र शिक्षकबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । कोइरालाले एक सार्वजनिक अपिल जारी गर्दै शिक्षकको समस्या समाधान गर्दै नियमित पठनपाठनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्। “सरकार र महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्ने आवश्यकता छ,” उनले उल्लेख गरेका छन् ।...