राजनीति

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ । आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्न सक्ने समेत बुझिएको छ ।...
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१८, चैत काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११: ०० बजेका लागि बैठक तय भएको हो । यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरुको तयारी छ । प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दश...
एकीकृत समाजवादी राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

एकीकृत समाजवादी राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सुरेश रजकको हत्या भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । आज (आइतबार) पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरूले घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरेको भन्दै कारवाहीको माग गरेको हो । विज्ञप्तिमा लेखिएको छ ‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन्, एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरिएको छ, सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छ...
राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा

राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१७, चैत काठमाडौं । राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज खबरकर्मी सुरेश रजकको स्मृति ताजा राख्न एभिन्यूज खबर टेलिभिजनले बिभिन्न निर्णय गरेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा रजकको जीउँदै जलाएर हत्या गरिएको थियो । एभिन्यूजले रजकको स्मृतिमा चुनौतीपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । यो पुरस्कार हरेक वर्ष रजकको स्मृति दिवसका दिन चैत १५ गते प्रदान गरिने एभिन्यूजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने,तत्कालका लागि काजकिरिया खर्च वापत १ लाख रुपैयाँ प्रदान गरिनेछ । संस्थाबाट पाउने सबै पारिश्रमिक रजकको परिवारलाई उपलब्ध गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ । अ...
कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, चैत काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्य शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो। सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ। बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रूपमा काम अघि बढाउन निर्देशन दिए । उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्...
दुर्गा प्रसाईँले भने-‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ’

दुर्गा प्रसाईँले भने-‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, चैत काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन । म भागेको छैन ।’ उनले आफू सुरक्षित मात्रै बसेको मात्रै उनले बताएका छन् । ‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन,’ उनले भनेका छन् । उनले आफू काठमाडौंमै एउटा मन्दिरमा बसिरहेको बताएका छन् । ‘म काठमाडौंमै छु, काठमाडौंकै एउटा मन्दिरमा बसेको छु,’ प्रसाईंले भनेका छन् । त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फ...
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्षस् सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्षस् सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, चैत काठमाडौं । चीन(नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सिछुआन(नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यस अवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक...
संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, चैत काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउसो १स्१५ बजे बस्ने सचिवालयले जनाएको छ । आज प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । राष्ट्रिय सभाको लागि आजको कार्यसूची तय नगरिए पनि गत चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि बढ्ने छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफ...
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोकियो

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोकियो

ताजा अपडेट, राजनीति, समाचार
१७, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । उक्त विवादमा हिजो (शुक्रबार) अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको छ । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेको हो । सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ ।...
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरियो

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरियो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, चैत काठमाडौं । गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ । निर्मल निवासमा यसअघि सशस्त्र प्रहरी बलको कार्यदलबाट डिएसपी जगदीश हमालको नेतृत्वमा २५ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई हटाएर अब डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको नयाँ टोली पठाइएको गृह स्रोतले बताएको छ । भिभिआइपी सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाउने प्रावधान छ, तर निर्मल निवासमा हालसम्म २५ जना खटिँदै आएका थिए । अब भने नीति अनुरूप १६ जनामा सीमित गरिएको ती स्रोतको भनाइ छ ।...