राजनीति

राप्रपा सांसद दीपक बोहराको निधन

राप्रपा सांसद दीपक बोहराको निधन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, चैत काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । सांसद बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । पोष्ट कोभिडका कारण उनलाई घाँटीको क्यान्सर भएको थियो । त्यसपछि उनी बोल्न नसक्ने अवस्थमा थिए । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।...
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन्  कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको कार्यसूची छ । त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०...
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, चैत पोर्चुगल । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरुबिच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिएका थिए । भेटवार्ताका क्रममा दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि रा...
शान्ति प्रक्रियामा राष्ट्रसंघद्वारा चासो व्यक्त

शान्ति प्रक्रियामा राष्ट्रसंघद्वारा चासो व्यक्त

ताजा अपडेट, राजनीति, समाचार
१९, चैत काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरले नेपालको संक्रमणकालिन न्यायको प्रक्रिया अघि बढाउन भइरहेको प्रगतिबारे चासो व्यक्त गरेकी छन् । आवासीय प्रतिनिधि सिंगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरवारमा भेटेर संक्रमणकालीन न्यायको काम अघि बढाउन भइरहेको क्रियाकलापबारे जानकारी लिएकी हुन् ।त्यसक्रममा उनले संक्रमणकालीन न्यायका काम अघि बढाउन आवश्यक पर्ने सहयोग र सहजीकरणको लागि संयुक्त राष्ट्रसंघ तयार रहेको जानकारी दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । नेपालको शान्ति प्रक्रिया अघि बढाउने कामबारे संयुक्त राष्ट्रसंघले चासो दिइरहेको उल्लेख गर्दै उनले छिट्टै दुई आयोग गठन भएर अरु प्रक्रिया अघि बढ्नेमा आफू आशावादी रहेको बताइन् । सरकारले अघिल्लो साता संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठनका लागि सिफारिस गर्न पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको...
संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडौं । सरकारले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को चालु अधिवेशन यही चैत १९ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । नेपालको संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्न सक्ने व्यवस्था छ ।  ...
संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

ताजा अपडेट, राजनीति, समाचार
१८, चैत काठमाडौं । संवैधानिक परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयक सर्वसम्मतिमा पारित गरेको हो । यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक ल्याएका थिए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेर यो विधेयक सभामा १७ जेठ २०८१ मा पठाएको थियो ।...

टोखाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार उपलब्ध गराउने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, चैत काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई उपचारका लागि रु ५० हजारसम्म उपलब्ध गराउने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगर सभाबाट संशोधन गरेर रु १० लाख बजेटबाट नगरवासीलाई मुटु रोग उपचारमा रु ५० हजारसम्म सहयोग गर्न लागेको हो । टोखाले नगरवासीलाई मुटु रोग उपचारका लागि आइतबार सहिद गङ्गालाल हृदय रोग केन्द्रसँग सम्झौतासमेत गरेको छ । सम्झौता पत्रमा टोखा नगरपालिकाका तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा रवि मल्लले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मुटु रोग उपचारका लागि नगरवासीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रमलाई अगाडि बढाइएको बताए । “टोखाले वडाको सिफारिसका आधारमा प्रतिव्यक्ति रु २५ हजार र गरिब तथा विपन्न वर्गका...
एमालेको नारा : दास र रैती बन्न मन्जुर छैन

एमालेको नारा : दास र रैती बन्न मन्जुर छैन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१८, चैत काठमाडौं । नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्‍याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए । ‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उनले भने ।...
प्रधानमन्त्री ओलीद्वारा जीवित कुमारी देवीको दर्शन

प्रधानमन्त्री ओलीद्वारा जीवित कुमारी देवीको दर्शन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले काठमाडौँको वसन्तपुर पुगेर कुमारी देवीको दर्शन गरेका हुन् ।
काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, चैत गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उनले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण सुरु गराउन पहल गर्न निर्देशन दिए । उनले चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षीय नियमित योजना सञ्चालन गर्न बहानाबाजी, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गर्न आग्रह गरे । मन्त्रालयबाट गरिएको परिपत्रअनुसार काम अगाडि नबढाएमा निर्माण व्यवसायीलाई लिखित रूपमा कारबाहीका प्रक्रिया अगाडि बढाउन उनले निर्देशन दिए । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिकतर्फ ४५ प्रतिशत र वित्तीय...