राजनीति

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, चैत काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस, निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल हुनेछ ।...
प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, चैत बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए। त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावातले स्वागत गरेका थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमति पत्र आदानप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । &nbs...
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२०, चैत काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु। ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र ९एमओयु० मा हस्ताक्षर गरेका छन् । नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआइसीडीपी को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृ...
पत्रकार रजकको एक्स-रे सकियो, गोलि लागेको भेटिएन, पोस्टमार्टम आज हुने

पत्रकार रजकको एक्स-रे सकियो, गोलि लागेको भेटिएन, पोस्टमार्टम आज हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, चैत काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको पूरा शरीरको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स–रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए । त्रिवि शिक्षण अस्पतालमा एक्स–रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स–रे गर्नुपर्ने अडान राखेका थिए । तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् । उनको पोस्टमार्टम आज हुने भएको छ । अब भने चिकित्सकहरू पोस्टमार्टमका लागि तयार भएका छन् ।...
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२० चैत बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमति पत्र आदानप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन...
एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९ चैत, काठमाडौं ।नेकपा (एमाले) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन  बैङ्कक प्रस्थान गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो। एमालेको विधान २०४९ को संशोधन २०७८० को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।...
हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : सचिव भट्टराई

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : सचिव भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडों । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हनु । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिए । उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए । सचिव भट्टराईले भने , ‘‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बिचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्य...
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।...
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९, चैत काठमाडौ । नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा ुशैक्षिक सडक आन्दोलनु गर्ने भएको छ। माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले काठमाडौँ जा‍औँ अभियानु अन्तर्गत अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो । आन्दोलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन थालिएको बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए। आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनको भनाइ थियो । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले बताए ।...
संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडौं । संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरु भएको थियो ।...