राजनीति

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
२१, चैत काठमाडौं। त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार उनी एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् । कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे ।अनेरास्ववियुसहित सात संगठनको गठबन्धनका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए । दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए ।...
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, चैत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँख...
आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, चैत काठमाडौं । आज (बिहिवार) ६ संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्य रहेको छ । त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे नै बोलाइएको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्नेछ । बैठकमा सामाजिक परिचालिएकाहरूको व्यवस्थापन सम्बन्धको छलफल रहेको छ । त्यसै गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका विषयमा गै...
परराष्ट्र मन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

परराष्ट्र मन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, चैत काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेकी मन्त्री डा. राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो । सो भेटका क्रममा मन्त्री डा। राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्। मन्त्री डा। राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रशस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा पनि सो भेटमा राखेकी थिइन् । सो भेटमा उनले बिमस्टेक क्षेत्रमा जलवायु पर...
राहत सामग्री बोकेर म्यानमार उड्यो नेपाली सेनाको जहाज

राहत सामग्री बोकेर म्यानमार उड्यो नेपाली सेनाको जहाज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, चैत काठमाडौं । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित सेनाको टोली प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको हो । १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय सैनिक टोली आफ्नै जहाजमा म्यानमार गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।...
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे । राष्ट्रपति पौडेलले भने, “नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेको छ । स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्ष...
रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति

ताजा अपडेट, राजनीति, समाचार
२०, चैत काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गरेका हुन् । मुुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिनुहुँदै उनले ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’को मर्मअनुरुप क्रियाशील रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाएका छन् । सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरो...
सुरक्षा गार्ड पराजुलीलाई पाँच लाख नगद सहित भाटभटेनीले गर्यो सम्मान

सुरक्षा गार्ड पराजुलीलाई पाँच लाख नगद सहित भाटभटेनीले गर्यो सम्मान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, चैत काठमाडौं । राजावादी प्रदर्शन क्रममा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षा गार्ड सम्मानित भएका छन् । भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनलाई सम्मान गरिएको हो ।बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको छ । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् । १५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको ...
आजबाट काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै शिक्षकहरू

आजबाट काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै शिक्षकहरू

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२०, चैत काठमाडौं । देशभरका शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेसँगै आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासंघले जनाएको छ । आन्दोलन दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ ।...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, चैत काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस, निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल हुनेछ ।...