राजनीति

बढुवा भएका दुई जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका दुई जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, चैत काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । रविन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई आईजीपी दीपक थापाले शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरूलाई फागुन २८ मा बढुवा समितिले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरू यसअघिको बढुवामा छुटेका थिए ।...
उपत्यकाका १३ पानी पोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

उपत्यकाका १३ पानी पोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, चैत काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।...
लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, चैत काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गरे । चिनिया दुताबाससँगहको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवको शुक्रवार बिहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेक...
आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
८, चैत काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । बिहान १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।...
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित

पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
८, चैत काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गरेका छन् । फेयर एक्सप्रेस मिडियाद्वारा हिजो आयोजित कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य सङ्घका उपाध्यक्ष उर्मिला श्रेष्ठ र राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललाई सम्मान गरिएको हो । राष्ट्रपति डा यादवले लोकतान्त्रिक आन्दोलनपछि शिक्षामा धेरै परिवर्तन भएको तथा सङ्ख्यात्मक रुपमा शैक्षिक प्रतिष्ठान बढे पनि गुणस्तरमा सुधार नभएको टिप्पणी गरे । उनले भने, ‘पछिल्लो पुस्ताले दुनियाँका बारेमा धेरै बुझेको तर आफ्नो देशका बारेमा खासै बुझेका छैनन् । देशको राजनीतिक इतिहासका विषयमा धेरै बालबालिकाले दुई पेज ...
पिके क्याम्पसको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल निर्वाचित

पिके क्याम्पसको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल निर्वाचित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, चैत काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो । भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । यस्तै, सचिवमा भुपी प्यानलकै संन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् । यस्तैगरी, सदस्यहरू उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४, र यानसु कटवलाले ६७२ मत पाएका छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।...
‘महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री ओली

‘महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महँगी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको बताए । प्रधानमन्त्री ओलीले दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिँदै भने, “बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारवाही गर्न बजार अनुगमन समितिलाई सक्रिय बनाइएको छ। यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुर्‍याएको छ । उपभोक्ता अधिकारको संरक्षण एवं न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालत स्थापना गरी सञ्चालनमा ल्याइएको छ।” बढ्दो महँगी नियन्त्रण गर’ नारा सधैँ लोकप्रिय हुने, महँगी घटिरहेका बेलामा पनि त्यो नार...
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । केन्द्रीय क्याम्पसले कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्की गरी दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी परेको थियो । संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशी आधिकारिक भएको निर्णय गरेको थियो । त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए । बुधबार अल्पकालीन अन्तरिम आदेश जारी भए पनि बिहीबार ...
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, चैत काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । रङ्गशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उहाँले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् । “यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भने । क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गरेका थियो । गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तरराष्ट्रियस्तरको...
देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रूपमा बुझ्न हुँदैन : प्रधानमन्त्री

देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रूपमा बुझ्न हुँदैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँच सय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सृजनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए  । उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचि अनुसार विदेश जाने सिलसिला विश...