राजनीति

पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री

पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिव्र गति अघि बढेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरुको डिडिएको काम अघि बढाइएको बताए । जाजरकोटमा पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको बताए । केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि उनले बताए । गत आश्विन महिनाको अविरल वर्षाका कारणले वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँग...
प्रधानमन्त्री ओलीसँग माल्दोभाका उपप्रधानमन्त्री पोप्सोइको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग माल्दोभाका उपप्रधानमन्त्री पोप्सोइको शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए ।...
नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

ताजा अपडेट, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
७, चैत काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने महासङ्घले जनाएको छ । आज पहिलो दिन महासङ्घका सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनशनमा बसेका छन् । हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जनाएको छ ।रिले अनसन चैत १५ गते सम्म चल्नेछ । त्यसपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ ।...
प्रधानमन्त्रीको आग्रह, एसइई धैर्यताका साथ दिनुहोस्

प्रधानमन्त्रीको आग्रह, एसइई धैर्यताका साथ दिनुहोस्

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
७, चैत काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गरेका छन् । हिजो साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी आजदेखि (बिहीबार) सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन् । “विद्यार्थी भाइबहिनीहरू चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस् । मेरो धेरै शुभकामना छ ।” प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुनेभएकाले त्यसबाट जोगिन समेत आग्रह गरेका हुन् । उनले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै ...
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
७, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताए । ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न सक्ने व्यवस्था छ’, उनले भने, ‘जस अनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ ।’ मङ्गलबार भएको निर्वाचनमा देशभर ३८ आङ्गिक र सम्बन्धन प्राप्त २५० क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम अझै जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।...
नेपाल-कम्बोडिया सिधा हवाई उडान गर्नेबारे छलफल

नेपाल-कम्बोडिया सिधा हवाई उडान गर्नेबारे छलफल

ताजा अपडेट, राजनीति, समाचार
६, चैत काठमाडौं । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीबारे छलफल गरेका छन् । कम्बोडियाका पर्यटन मन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटमा मन्त्री पाण्डेले भेटवार्ता गरेका छन् ।कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा उनले आफू कम्बोडिया उत्रिने बित्तिकै नेपालमा जस्तै सडकका कुना कुनामा गणेश भगवानका मूर्ति दर्शन गर्न पाएको बताए । दुई देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने विषयमा उनले छलफल गरेका छन् । भेटमा भगवान् बुद्धको जन्म नेपालमा भए पनि कम्बोडियामा द्रुत रूपमा बुद्धधर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै ने...
चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, चैत काठमाडौं । चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो । त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए । यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो ।...
परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, चैत काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक एमनालोसँग नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छिन् । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमकाबीच आज बिहान भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्म संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह गरिन् । साथै, मन्त्री डा राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विकासका नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि...
सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, चैत काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।  ...
स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
६, चैत काठमाडौं । प्रतिनिधि सभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित काँग्रेस सांसद डा। सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद शर्माले सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ । राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने, कम आमदानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बी...