राजनीति

चैत २४ गते सार्वजनिक बिदा,यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

चैत २४ गते सार्वजनिक बिदा,यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

ब्यानर-१, राजनीति, समाचार
६ चैत, काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो । त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।...
स्ववियुमा  अनेरास्ववियुको अग्रता,हालसम्म ७१  क्याम्पसमा सभापति निर्वाचित (सूचीसहित)

स्ववियुमा अनेरास्ववियुको अग्रता,हालसम्म ७१ क्याम्पसमा सभापति निर्वाचित (सूचीसहित)

ब्यानर-२, राजनीति, शिक्षा, समाचार
६ चैत,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्मको पछिल्लो मतगणना अनुसार एमालेनिकट अनेरास्ववियुले देशभर अग्रता लिएको छ । धेरै विद्यार्थी संख्या भएका आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुमध्ये राति ९ बजेसम्म अनेरास्वविुयुले ६८ वटामा सभापति जितेको छ।पछिल्लो विवरण अनुसार अनेरास्ववियु पहिलो,नेविसंघ दोस्रो र अखिल क्रान्तिकारी तेस्रो स्थानमा रहेका छन् । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले अहिलेसम्म ७१ क्याम्पसमा आफ्नो संगठनले सभापति जितेको बताएका छन् ।काठमाडौंको ललितकला, वन विज्ञान अध्ययन संस्थापन पोखरा,पोखरा नर्सिङ,नेपालगन्ज नर्सिङ क्याम्पसमा प्यानलै जितेको अनेरास्ववियुले हालसम्म जितेका क्याम्पस र सभापति यस प्रकार छन् । कोशी प्रदेश १ संखुवासभा ब। क्याम्पस संखुवासभा( चेतन भण्डारी) २ मादी बहुम...
एकीकृत समाजवादीद्वारा बैठक आह्वान

एकीकृत समाजवादीद्वारा बैठक आह्वान

ताजा अपडेट, राजनीति, समाचार
६, चैत काठमाडौं चैत ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ । आलोकनगरमा ३ः०० बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।  ...
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, चैत काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजार्चनाका लागि गर्न उनी गोरखा जान लागेका हुन् । शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।...
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक

उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । यस्तै, अनेरास्ववियु (क्रान्तिकारी) ले जनप्रशासन क्याम्पस र सानो ठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानो ठिमी...
वन विज्ञान क्याम्पस हेटौँडाको स्ववियु सभापतिमा भट्ट निर्वाचित

वन विज्ञान क्याम्पस हेटौँडाको स्ववियु सभापतिमा भट्ट निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
६, चैत मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छत्र शाहीले ११८ मत ल्याए ।सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकी निरुता श्रेष्ठले १०२ मत ल्याइन् । सदस्यतर्फ पनि गठबन्धनकै युनिशा धामी, विनय तिमल्सिना,रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।...
पोखरा नर्सिङ क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी

पोखरा नर्सिङ क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्वास्थ्य
६, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन् । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।...
प्रधानमन्त्रीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

प्रधानमन्त्रीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको छ । बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासीको स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्तरुपमा प्रदान गर्न निर्देशन दिएका छन् । उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा। डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्रा...
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.वाग्लेले लिए शपथ

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.वाग्लेले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, चैत काठमाडों । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा। डा। अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा। वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका हुन् । शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा। दीपक काफ्लेलगायत सहभागी थिए ।...
मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पस पोखरामा सुरु भएन मतदान

मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पस पोखरामा सुरु भएन मतदान

ताजा अपडेट, राजनीति, समाचार
५, चैत काठमाडौं । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको छ । अखिल छैटौँको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।मतपत्रमा चुनाव चिह्न नै छुटेको पाइएपछि फेरि मतपत्र छाप्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न थिएन । मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । अहिले पृथ्वीनारायण क्याम्पसबाहिर विभिन्न विद्यार्थी संगठनले कोण सभा गर्दै छिटो चुनाव गर्न दबाब दिइरहेका छन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव ज...