राजनीति

सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए। उनले भने–‘‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ । ’’राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे । उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाह...
भेरीगंगाका वडाध्यक्ष आग्रीको निधन

भेरीगंगाका वडाध्यक्ष आग्रीको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, फागुन काठमाडों । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो । क्यान्सर उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थियो । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको मिर्गौलामा समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।...
‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, फागुन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छिन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ।...
राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण : उपप्रधानमन्त्री सिंह

राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९, फागुन काठमाडों । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएकना छन् । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ । “देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने । राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ । संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ । ...
प्रधानमन्त्रीसँग इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान बुफोनको भेट

प्रधानमन्त्रीसँग इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान बुफोनको भेट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् । भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए।...
नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेशको अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित

नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेशको अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित

ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
१९, फागुन काठमाडौं । नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेश अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार सम्पनन्न बागमती प्रदेशको दोस्रो अधिवेशनले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । परिषदको उपाध्यक्षमा गोविन्द्रप्रसाद चौंलागाईं, सचिवमा सञ्जय आचार्य, उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा तथा कोषाध्यक्षमा अञ्जु केसी चयन भएका छन् । अधिवेशनमा नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी परिषदको पार्टीसँगको सम्बन्ध टु इन वानु रहेको बताए । ुतपाईंहरु पार्टीसँग नजिकबाट जोडिनुभएको छ, उनले भने, साथै तपाईंहरु बौद्धिक समुदायलाई प्रतिनिधित्व पनि गर्नुहुन्छ । पार्टीसँगको सम्बन्धको वकालत गर्दा पेसागत क्षमता र दक्षताको कुरा पछि पर्ने र पेसागत दक्षताको वकालत गर्दा पार्टीसँगको सम्बन्ध कमजोर हुने असन्तुलित स्थिति तपाईंहरुसामु छ । तर, यसलाई असन्तुलित हुने छुट तपाईंहर...
सगरमाथा संवादको तयारी तीव्र

सगरमाथा संवादको तयारी तीव्र

ताजा अपडेट, राजनीति, समाचार
१९, फागुन काठमाडौं । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा प्रारम्भ भएको छ । संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको आइतबारको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तरराष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषयविज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयोजकत्वको समितिले संवादका लागि पूर्र्वाधारको व्यवस्था तथा कार्यक्रमको प्रारुप तयार पारेको संवादका सम्पर्क व्यक्ति वन मन्त्रालयका सहसचिव महेश्वर ढ...
बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

ताजा अपडेट, राजनीति, समाचार
१८, फागुन काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको हो । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।...
नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित

नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, फागुन काठमाडों । राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । मन्त्री चौरसियाले कानुन व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी) को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताए। उनले कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा विधेयक सम्बन्धित छ ।...
एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१८, फागुन काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ। आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो। बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयमा छलफल हुने बताइएको छ। साथै पार्टीका गतिविधिका बारेमा पनि छलफल हुने छ। बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्य सहभागी छ ।...